यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको सटही दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि १ अमेरिकी डलरको खरिददर ११६ रूपैयाँ ५० पैसा र बिक्रीदर ११७ रूपैयाँ १० पैसा तोकेको छ ।

युरो १ को खरिददर १३२ रूपैयाँ ७८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४६ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५१ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५२ रूपैयाँ ७५ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८४ रूपैयाँ २० पैसा र बिक्रीदर ८४ रूपैयाँ ६३ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ २९ पैसा र बिक्रीदर १० रूपैयाँ ३५ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १६ रूपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३१ रूपैयाँ ६ पैसा र बिक्रीदर ३२ रूपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ र बिक्रीदर ३२ रूपैयाँ १६ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८८ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ ९० पैसा र बिक्रीदर २८ रूपैयाँ ४ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ३७ पैसा र बिक्रीदर १० रूपैयाँ ४२ पैसा, कुवेती दिनार १ को खरिददर ३८३ रूपैयाँ ४१ पैसा तथा बिक्रीदर ३८५ रूपैयाँ ३९ पैसा र बहरार्इन दिनार १ को खरिददर ३०९ रूपैयाँ ६ पैसा तथा बिक्रीदर ३१० रूपैयाँ ६५ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?