नेपालीलार्इ विदेश घुम्न ‘डलरको अंकुश’

काठमाडाैं : अमेरिकाले अाैद्योगिक मुलुकहरूसँग गरिरहेको व्यापार युद्धका कारण अमेरिकी डलरको अभाव चुलिएपछि त्यसको असर नेपाली पर्यटकहरूमा पनि परेको छ । 

विदेश घुम्न रूचाउने कामकाजी, कर्मचारी र उच्चमध्यमवर्गीयहरूले अब १५०० डलर मात्र विदेश लैजान पाउने भएका छन् ।

मुलुकको चालु घाटा निरन्तर बढेपछि नेपाल राष्ट्र बैंकले विदेश घुम्न जानेलार्इ यसअघि दिँदै अाएको २५०० अमेरिकी डलरबाट १५०० डलरमा सटही सुविधा संकुचित गरेको हो । 

नेपालमा हाल वस्तु तथा सेवाको उच्च अायातका कारण चालु खाता निरन्तर घाटामा छ । यसैका कारण डलर संचिती समेत खस्किएको छ ।

विदेशबाट अाउने पर्यटकले गर्ने खर्चबराबरकै अमेरिकी डलर विदेश घुम्न जाने नेपालीले समेत खर्चन थालेपछि केन्द्रीय बैंकले डलर सटहीमा कडार्इ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?