काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शनिवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
दिवसको अवसर पारेर संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली ,रणनीति, ग्राहकहरुको अगाध माया, विश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनीहरुको भरोसा तथा कर्मचारीको अतुलनिय योगदानले संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरुमा अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल रहेको बताए । संस्थाले नेपालको लघुवित्तको क्षेत्रमा एक ब्राण्ड कायम राख्न सफल रहेकोसमेत उनको भनाइ छ ।
देशका गणनीय ७ वटा वाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित संस्थाले ग्राहक सुहाउँदो किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।
संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दाबढी घरपरिवारहरुमा वित्तीय पहुँच पु¥याएको बताइएको छ । तर, हाल भने संस्थाले नवौं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १ सय ४९ शाखा सञ्जालमार्फत १ लाख ६१ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया