काठमाडौं, २ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेसको ढिलासुस्तीगर्ने पुरानो बानी भएकाले लोकतान्त्रिक गठबन्धन निर्माणमा ढिलाई भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममका अवसरमा कुरा गर्दै राणाले कांग्रेसकै ढिलासुस्तीका कारण लोकतान्त्रिक गठबन्धन निर्माण प्रभावित भएको आरोप लगाउँदै कांग्रेसले छिटो भागबण्डा गर्नुपर्ने बताए । कुनदललाई कति सिट दिने भन्ने कुराको टुङ्गो छिटै लगाउनुपर्ने उनको भनाई छ ।मुलुकबाम र लोकतान्त्रिक २ धुव्रमा बाढिदा लोकतान्त्रिक पद्धतिलाई सुरक्षित गर्ने राणाको तर्क छ । धु्रविकरणले जनताको हकअधिकार स्थापित हुने समेत राणाको भनाई छ ।सम्पूर्ण प्रजातान्त्रिकआस्था राख्ने जनताहरुले लोकतान्त्रिक शक्तिलाई उच्च साथदिन आग्रह राणाले आग्रह गरेका छन् ।बहुदलीय व्यवस्था आएको तीसवर्ष भएपनि राजनीतिक निकास हुन नसकेको राणाको तर्क छ । “अब राजनीतिक तहमा उचित निकास हुनु जरुरी छ ।” राणाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया