प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवी लक्ष्मीप्रदास देवकोटाको एक सय नवौं जयन्तीको अवसर आयोजित कार्यक्रममा सहभागिता जनाउने भएका छन् । 

बिरामी परेको तीन सातापछि बुधवार पहिलोपटक प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

लक्ष्मी जयन्तीका अवसरमा गर्न लागेको साहित्यिक कार्यक्रम भने प्रधानमन्त्री निवास बालुवाटारमै हुने भएको छ । 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै बुधबार दिउँसो १ बजे बालुवाटारको हलमा साहित्यिक कार्यक्रम गर्न लागेको हो । 

गत कात्तिक ६ गते प्रधानमन्त्री ओलीले विद्युतीय बसको शुभारम्भ गरेपछि उनी कुनैपनि  सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । 

चिकित्सकहरुको सुझाव अनुसार प्रधानमन्त्री अहिले पनि आराम गरिरहेकाले बाहिर निस्कन नसक्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?