‘युइएफए’ च्याम्पियन्स लिग : बार्सिलोनाले इन्टर मिलानसँग बराबरी खेल्यो

एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत बार्सिलोनाले इन्टर मिलानसँग बराबरी खेल्र्दै अंक बाडेको छ । 

मंगलवार राति भएको खेलमा स्पेनी क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसँग १-१ गोलको बराबरी खेलेको हो । अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सी बिना नै मैदानमा उत्रिएको बार्सिलोनाले इन्टर मिलानलाई दवाव दिए पनि गोलको खाता भने खोल्न असफल भएको थियो । 

निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म गोल रहित बराबरीमा रोकिएको दुवै टिमले दोस्रो हाफमा भने एक-एक गोल ग-र्यो । बार्सिलोनाका लागि खेलको ८३ औँ मिनेटमा सिल्भा डि ओलिभियराले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

सिल्भाले गोल गरेको ४ मिनेट पनि बित्न नपाउँदै इन्टर मिलानका लागि कप्तान माउरो इकार्डीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए  । निर्धारित समयसम्म दुवै क्लबले केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा समान १-१ अंक बाड्न बाध्य भयो ।

मिलानसँग बराबरी खेलेपनि बार्सिलोना दोस्रो चरणमा पुगेको छ । समूह ‘बी’ रहेको बार्सिलोना १० अंकका साथ पहिलो स्थानमा छ । इन्टर मिलानको ७ अंक मात्रै छ । 

त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब टोट्नह्यामले पिएसभीलाई २-१ गोल अन्तरले हरायो । टोट्नह्यामलाई जीत दिलाउन ह्यारी केनले दुई गोल गरेका थिए । उनले खेलको ७८ औँ र ८९ औँ मिनेटमा गोल गरेका थिए ।

पिएसभीका लागि डि जोङगले एक मात्र गोल फर्काए । यता क्लब ब्रुगले मोनाकोलाई ४-० गोल अन्तरले हरायो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?