‘युइएफए’ च्याम्पियन्स लिगमा लिभरपुलको दोस्रो हार, रेड स्टार बेलग्रेड विजयी

एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुल पराजित भएको छ ।

 मंगलवार राति भएको समूह ‘सी’को खेलमा लिभरपुल रेड स्टार बेलग्रेडसँग २-० ले पराजित भएको हो । हारसँगै लिभरपुलको जारी च्याम्पियन्स लिगको दोस्रो चरणमा पुग्ने लक्ष्यमा धक्का पुगेको छ।

बेलग्रेडलाई जित दिलाउन मिलान पाभ्कोभले दुई गोल गरेका थिए । उनले खेलको २२ औँ मिनेटमा पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

 त्यस्तै २९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफमा सुधारिएको खेल खेलेको लिभरपुलले फिनिसिङ भने असफल भयो । निर्धारित समयसम्म लिभरपुलले गोल गर्न सकेन र खेलमा हार बेहा-र्यो । लिभरपुलले जारी च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको हो । 

समूहको पहिलो स्थानमा रहेको नेपोलीको ४ खेलमा ६ अंक छ । समान अंक बनाएको लिभरपुल हेड टु हेडको आधारमा दोस्रो स्थानमा छ । पीएसजीले ४ खेलमा ५ अंक जोडेको छ भने रेड स्टार ४ खेलमा ४ अंक सहित पुछारमा छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?