पार्टी विधान विपरीत गच्छदारलाई उपसभापतिमा मनोनित गरियो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

बुधबार काठमाडौंको जोरपाटीस्थित नयाँ बस्ती युवा क्लबले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले सभापति शेरबहादुर देउवाले पार्टी विधानको प्रावधान विपरीत गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।  

‘अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय भयो, सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन अनुरोध छ’ उनले भने । 

बहुमतको आडमा सभापति देउवादले आफू खुशी गर्दै हिँडेको बताउँदै नेता सिंहले अप्रजातान्त्रिक ढंगले गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको बताए । 

मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?