काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । आइतबार सेयर बजार ०.५६ प्रतिशतले ओरालो लागेको हो ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार १.२३ प्रतिशतले घटेको सेयर बजार आइतबार १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा रोकिएको छ ।
आइतबार जम्मा १८५ कम्पनीहरुको कारोबार भएको छ । जसमा ४४ कम्पनीमा वृद्धि भएको र १३१ कम्पनीमा ओरालो लाग्दा १० कम्पनी स्थिर रहेको छ ।
२० लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार बढीको कारोबार भएको छ । होटल तथा पर्यटनबाहेक सबै उपसूचक ओरालो लागेको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।
शिभम् सिमेन्टको १० करोड ३९ लाख ९६ हजार ३९ रुपैयाँ र निर्धन उत्थान लघुत्ति वित्तिय संस्थाको २ करोड ४० लाख ५२ हजार ३३९ रुपैयाँको कारोबार भएको जनाएको छ ।
लक्ष्मी इक्विटी फण्ड ७.९० प्रतिशत, लक्ष्मी उन्नती कोष ३.७७ प्रतिशत र मन्दाकिनी हाइड्रोपावर ३.७४ प्रतिशतले बढेको छ ।
यसैबीच, आइतबारदेखि नेप्सेको नयाँ वेबसाइट संचालनमा आएको हो । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आजबाट पूर्ण रुपमा संचालनमा आएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया