टी-ट्वान्टी विश्वकप : पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्याण्ड च्याम्पियन

लोकपथ
147
Shares

काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्याण्ड च्याम्पियन बनेको हो।

पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डले दोस्रो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?