‘सौर्यमण्डल बाहिरबाट आएको सिगार आकारको वस्तु पृथ्वीको अध्ययन गर्न पठाइएको एलियन यान हुन सक्ने’

सीएनएन । अघिल्लो वर्षको मे महिनामा एक रहस्यमयी सिगार आकारको वस्तु हाम्रो सौर्य प्रणालीमा देखियो । खगोलशास्त्रीहरु यस वस्तुको वास्तविकतालाई लिएर लामो अनुमान, छलफल र वादविवाद भयो । 

हाल आएर हारवार्ड विश्वविद्यालयका खगोलविद्हरुले उक्त वस्तु पृथ्वीको अनुसन्धान गर्न पठाइएको एलियन यान हुन सक्ने बताएका छन् । 

ओमुआमुआ नाम दिइएको उक्त वस्तु अक्टोबर २०१७ मा हवाई स्थीत प्यान–स्टार्स १ टेलिस्कोपले पत्ता लगाएको थियो । 

यसको आविष्कार ता वैज्ञानिकहरु यसको अनौठो स्वभाव र उद्गमस्थल बारेमा फरक फरक विचार राखिरहेका छन् ।

शुरुमा पुच्छ«ेतारा, त्यसपछि शिशुग्रह भनिएको उक्त वस्तुलाई पछि गएर हाम्रो सौर्यमण्डलभन्दा बाहिरबाट आएको ‘इन्टरस्टेलर वस्तु’ को नयाँ वर्गमा राखियो ।  

तर हरवार्ड विश्वविद्यालयको स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका अनुसन्धानदाताहरुले प्रकाशित गरेको एक नयाँ आलेखले उक्त गाढा–रातो रंगको लामो वस्तु वाह्य ग्रहका उच्च वौद्धिक जीव(एलियन)ले बनाएको हुन सक्ने सम्भावनातर्फ औलाएका छ ।

आफ्नो चौडाईभन्दा दश गुणा लामो यो वस्तुको गति ३,१४,४३१ किमी प्रति घण्टा मापन गरिएको थियो ।

“ओमुआमुआ पूर्ण रुपले काम गर्ने एलियन यान हुन सक्छ जुन नियतवश पृथ्वीको अध्ययनको लागि एक एलियन सभ्यताले पठाएको हुनसक्छ ,” आलेखमा लेखिएको छ । 

यस सिद्धान्तको लागि उक्त वस्तुको ‘उच्च प्रवेग’ र जनवरी २०१८ मा सौर्य मण्डल छाड्ने बेला त्यसको अप्रत्यासित रुपमा वृद्धि भएको गतिलाई आधार मानिएको छ । 

“अन्य ग्रहका जीवले निर्माण गरेको मान्ने हो भने एक सम्भावना ओमुआमुआ एक हल्का तैरिने वाहन हो, जुन उच्चस्तरीय प्राविधिक उपकरणको प्रयोग गरेर बनेको र अन्तरिक्षमा तैरिरहेको हुनसक्छ ।”

पेपरका लेखक एस्ट्रोनोमीका प्रद्यापक तथा अध्यक्ष अब्राहम लोइव र हारवार्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका पोष्टग्राजुयट स्कोलर श्मुएल वियाली हुन् । वस्तुबारे आलेखमा यी जोडीले भनेका छन्, “यस्तै आकारको हल्का तैरने वस्तु हाम्रै सभ्यताले पनि अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यसमा इकारोस परियोजना र स्टासुट इनिसियटिभ्स समावेश छन् । हल्का तैरने प्रविधिलाई तारा र ग्रहहरुबीच सामान बोक्नको लागिको उलेख्य रुपमा प्रयोग गर्न सकिन्छ ।”

आलेखमा जोडिले वस्तुको उच्च गति र असामान्य मार्गले वस्तु प्रयोगमा आउन छाडेको तर्फ संकेत गर्ने बताए । 

ओमुआमुआ हाम्रो सौर्य प्रणालीबाहिर उद्गम भएर अवलोकन गरिएको पहिलो वस्तु हो । 

प्रारम्भिक अवलोकनमा तीव्र गतिमा अघि बढी रहेको उक्त वस्तुलाई पुच्छेतारा बताइएको थियो । पछि यसलाई  सौर्य मण्डल बाहिरबाट आएको शिशुग्रह भनियो । 

पुच्छ«ेतारा सुर्यको नजिक पुग्दा त्यसको सतहमा रहेको वरफमा घामको तातो परेर वरफ बाफमा बदलिदाँ त्यसको गति बढ्ने गर्छ । तर ओमुआमुआमा भने बरफ पग्लेर बन्ने खालको पर्यावरण थिएन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?