१९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको अहिले २२ औँ संस्करण कतारमासुरु हुँदैछ । २१ संस्करणसम्ममा फिफाका ७९ राष्ट्रहरुले छनोट चरण पार गर्दै उपाधिका लागि भाग लिएका छन् । तर, हालसम्म ८ राष्ट्रहरुले मात्रै फाइनल खेलेका छन् ।
फाइनल खेलेका ८ राष्ट्रमध्ये ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप जितेको छ । सर्वाधिक विश्वकप विजेता ब्राजिलमात्र एउटा यस्तो राष्ट्र हो जसले विश्वकप फुटबलको पहिलो संस्करणदेखि निरन्तर खेल्दै तथा छनोट हुँदै आइरहेको छ ।
ब्राजिलपछि जर्मनी र इटालीले चार–चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई–दुई पटक तथा इंग्ल्याण्ड र स्पेनले एक–एक पटक विश्वकप फुटबल जितेका छन् ।
एक पटक सोचौँ त तीन पटकसम्म विश्वकप फाइनल पुग्दा पनि उपाधि चुम्न नपाउनुको पीडा कस्तो होला ? हो, यही पिडाबाट गुज्रिएको एउटा देश हो, नेदरल्याण्ड ।
नेदरल्याण्डको विश्वकपको फाइनल यात्रामा अर्को रोचक कुरा के छ भने नेदरल्याण्ड १९७४, १८७८ र २०१० गरी तीनपटक लगातार विश्वकपको फाइनल पुगेपनि उपाधि चुम्न सकेन । १९७४ को विश्वकप फाइनलमा नेदरल्याण्ड जर्मनीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै १९७८ मा पनि नेदरयाण्ड अर्जेन्टिनासँग ३–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै, २०१० को विश्वकपमा पनि नेदरयाण्डलाई फाइनल फापेन । स्पेनसँग १–० गोल अन्तरले पराजित भएसँगै नेदरयाण्ड तेस्रो पटक फाइनलमा पुगेर उपाधि चुम्न नसक्ने राष्ट्रमा गनिन थाल्यो ।
चेकोस्लोभाकिया
चेकस्लोभाकियाको पनि उस्तै पीडा छ । दुईपटक विश्वकप फाइनल खेलिसकेको भएपनि उपाधि आफ्नो नाममा गर्ने सपना भने पूरा भएको छैन ।
विश्वकपको दोस्रो संस्करण अर्थात १९३४मा चेकोस्लोभाकियाले फाइनलमा इटालीको सामना गरेको थियो । तर, २–१ को गोल अन्तरले चेकोस्लोभाकियाले रनरअप बनेर चित्त बुझायो ।
त्यस्तै १९६२को विश्वकपमा पनि चेकोस्लोभाकिया ब्राजिलसँग फाइनलमा स्तब्ध बन्न पुग्यो । उक्त फाइनलमा ब्राजिलले ३ गोल गर्दा चेकोस्लोभाकियाले एक गोल गरेको थियो ।
हंगेरी
हंगेरीपनि हालसम्म २ पटक विश्वकपको फाइनलसम्मको यात्र तय गर्न सफल भएको देश हो । १९३८ मा हंगेरी फाइनलसम्म पुगेको थियो तर, फाइनलमा इटालीले ४ गोल गर्दा २ गोल गरेको हंगेरीको विश्वकप चुम्ने सपनामा चकनाचुर भएको थियो ।
त्यस्तै, १९५४मा पनि हंगेरी फाइनलमा पराजित भयो । हंगेरीलाई फाइनल खेलमा ३–२ गोलले पराजित गर्दै जर्मनीले पहिलोपटक विश्वकप जितेको थियो ।
स्वीडेन
१९५८मा स्वीडेन विश्वकपको फाइनलमा पुगेको थियो । स्वीडेनले फाइनलमा ब्राजिलको सामना गरेको थियो । जुन स्वीडेनलाई निकै ठूलो चुनौति थियो ।
उक्त फाइनल खेलमा ब्राजिलले ५ गोल गर्दै दोस्रोपटक विश्वकपको उपाधि चुमेको थियो भने स्वीडेनले २ गोल गर्दै रनरअपमा चित्त बुझायो ।
क्रोएसिया
२०१८को विश्वकपमा पनि कहिल्यै फाइनलमा नपुगेको क्रोएसिया ले फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनल खेलमा फ्रान्स सँग क्रोएसिया ४–२ गोलअन्तरले पराजित बन्न पुग्यो ।
त्यस्तै, सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो जसले आठ पटक फाइनल खेलेको छ भने ब्रजिलले सात पटक फाइनल खेलेको छ । इटलीले ६ पटक र आर्जेन्टिनाले पाँच पटक फाइनल खेलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया