काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले फुलहमलाई २-१ ले हराएको छ ।
१४औँ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ६१औँ मिनेटमा डानिल जेम्सले फुलहमलाई बराबरीमा फर्काए ।
इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई विश्वकप अघिको विश्राममा महत्वपूर्ण तीन अंक दिलाए ।
जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ । फुलहम १९ अंक जोडेर नवौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया