परदेशीको तिहार : पिरोलिदै ड्युटिमा कोहि भन्छन्, फोटो हेरेर चित्त बुझाउँछौँ

झिलिमिलि गाउँ र सहर, रुदै होलान् बाआमा धरर … प्रदिप सुनदासको शब्द र आवाजमा रहेको यो गितले परदेशीको मन उठ्ने मार्मिक भावनालाई समेटिएको छ । 
यो गित सँग मिल्ने कथा छ अध्ययनका क्रममा जर्मनको राजधानी बरलिनमा बस्दै आएका आयुषा शर्मा (नाम परिर्वतन) को । दुई बर्ष देखि उनी नेपाल आएका छैनन् । दुई वर्ष भयो उनले नेपालको चाडपर्वलाई तस्वीरमा देखेको, घरलाई फोनामा हेरेको र परिवारको आवाज मात्र सुनेको । 

चाडपर्वका बेला घरमा नहुनुको पीडा उनले फोनबाटै सुनाए । 

आफ्नो घरपरिवारसँग दशै, तिहार मनाउन नपाउको पीडाको शब्द शायद उनले शब्दकाष मै भेटेनन् । फेसबुकमा देखिरहने फोटोले पिरोल्छ, उनलाई । परिवारसँगै एउटै तस्वीरका पाउने स्थानलाई उनी कल्पना मात्र गर्छन् । आँखा भरि आँसु र मन भरि पीडा बाहेकका विकल्प पनि त हुँदैन परदेशीसँग । एकदुई घण्टाको बाटो पनि त हैन आज आएर भोलि फर्कन्छु भन्नलाई । 

देशमा उच्च शिक्षाको लागि राम्रो विश्वविद्यालयहरु भएको भए र सरकारले सबै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न सकेको भए विदेशमा भएका आधा युवाहरु त स्वदेशमै हुन्थे होला । 
परिवारसँग बस्न सबैलाई मन लाग्छ । भन्छन ‘धेरै समय भयो परिवारसँग राम्रो सँग कुरा नभएको । फोनमा त कुरा हुन्छ तर नजिकै भएको महशुस भने हुँदैन । चाडवाडले रुवाउँछ ।’ 
चडपर्वका बेलामा यता ‘सेलिव्रेसन’ हुन्छ भने उनलाई कामको चटारो ।  

उनले ‘अलोन’ शब्दको प्रयोग धेरै पल्ट गरे । लाग्यो उनको गहिरो माया छ  त्यो शब्दसँग । 

सबैजनासँग बसेर तास खेलेको पनि उनले सुनाए । 

देउसी भैलो खेल्दाको किस्साहरु उनले बढो गर्वका साथ सुनाए । 

“कति फट्टाई गरियो । एक पटक स्कूल, कलेज र घरनजिको साथिहरु मिलेर धापाखेलको घरमा देउसी खेल्न गाको । हामी सबै जना एक्दमै रमाइलो सँग भटाइरहेको थियो । साइकलको घण्टी, क्या च्वाँक आण्टी भनेको मात्र के थियौं आण्टी त पछाडी । हामी सबजना यस्तो तर्सियौ । गाली खाइयो नमज्जाले ।” यसो भन्दा उनी हाँसे तर यसपालीको तिहार मिस्ड गरेर । “साथीहरु सबै जना देउसी खेल्न जानछन् । म चाँहि पहिलाको कुरा सम्झदै बस्नु पर्छ ।”

अर्को पनि छ उनले शुरु गरे, “घर भन्दा पारि पर्टीको गाउँमा देउसी पनि खेल्ने सुन्तला पनि चोर्न भनेर गएको । साथीहरु सबै जना पर्खालमा चढ्न थाले । म चाँहि पछाडी नै थिए । साथिहरु कोहि भुँइमा थिए कोही पर्खालमा म चढ्न मात्र लागेको थिए । दुईवटा कुकुरहरु भुक्दै आए । म त डर ले दौडेर एकैचोटि घरै पुगे होला ।” “पटका जलाएर अरुको घरको झ्यालका फल्देको के के छ छ ।”
यहाँ हुने साथीहरु सबैजनाको फोटो हेर्छन् अनि दुखि भएर मोबाइल बन्द गर्छन् । 

ममाघर जाने बेलाको रमाइलो पलहरु पनि उनले सम्झिए । पिङ खेल्न नजानेर पेण्डुलम जस्तै झुण्डेको सम्झेर उनी खित्का छोड्दै हाँसे । भने,“
विदेशमा त हरेक दिन म यहाँ एक्लै छु भन्ने अनुभव हुन्छ ।” 

“दिदीको माया सप्तरङ्गी टिका मखमली मालाको सम्झना मनैमा छ ।” 

यस पटको तिहारमा ड्युटी उनले सुनाए । 

उनी त एउटा प्रतिनीधि पात्र मात्रै हुन् । दशैँ तिहार छठ जस्ता महत्वपूर्ण चाडबाड मनाउन नपाउने नेपालीहरु धेरै छन् । फरक यत्ति हो उनीहरु बस्ने भूगोल उनीहरुले गर्ने काम, उनीहरुको परदेश जानुको कारण । तर चाडपर्वका बेला आफन्तसँग हुन नपाउनुको दुख सबैको एउटै छ । 

गोरखा घर भएका गिता मोक्तान कामको सिलसिलामा दक्षिण कोरियामा छिन् ।

उनले भनिन्, “दशै, तिहार र अन्य चाडपर्वहरु आयो गयो पत्तै हुदैनन् । रातदिनजस्तो काममा ब्यस्त हुनुपर्छ, थकाई लाग्छ । थकाई मा¥यो फेरी काममै ब्यस्त । परिवारसँगै रहेर दशै, तिहार मनाउन नपाउदा दुःख लाग्छ । साथीभाइसँग देउसीभैलो खेल्दाको रमाइलो, भेट्घाट र घरपरिवरलाई धेरै सम्झिरहन्छु ।”

त्यस्तै, पे्रम सुनुवार, दोहा कतारमा छन् , भन्छन्,  “मुस्लिम राष्ट्रमा छु । म भएको ठाँउमा नेपाली साथीहरु क्म हुनुहुन्छ ।  चाडपर्वको बेला दुःख लाग्छ । साथीभाई, देउसी भैलो, घरपरिवारमा बढी मिस गर्छु ।”

धेरै परदेशीहरुको यस्तै पिडा छन् चाडपर्वमा । बिदेशीएका कति नेपालीहरु स्वदेशिन्छन् भने कोहि चाडपर्वकाबेलामा पनि परदेशमै बस्छन् । परदेशमै रहनुको पनि आफ्नै कथा, ब्यथा, बाध्यता हुन्छन । कति नेपालीहरुले परदेशमै भएपनि चाडपर्वहरु मनाउछन् त कतिले मनाउदैनन् । अनि कति चाँहि मनाउन मन हुँदा हुँदै पनि मनाउन पाउदैनन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?