काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता ललितपुरका खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ । विभिन्न १९ खेलका स्वर्ण, रजत र कास्य पदक विजेता गरी जम्मा ७३ जनालाई सम्मान गरिएको हो ।
ललितपुरका खेलाडीले २० स्वर्ण, ३१ रजत र २२ कास्य पदक जितेका थिए । स्वर्ण पदक जित्नेलाई पाँच हजार, रजतलाई तीन हजार र कास्यलाई दुई हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर क्षेत्र नं २ (२)का नेपाली कांग्रेसका उम्मेदवार रामकष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतले खेलाडीलाई सम्मान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया