श्रीलंकामा राजनीतिक संकट : राष्ट्रपति मैत्रीपालद्वारा संसद भंग

काठमाडौं । श्रीलंकामा उत्पन्न राजनीतिक संकटबीच राष्ट्रपति मैत्रीपाल सिरिसेनाले संसद भंग गर्ने आदेश दिएको छ । शुक्रबार राती संसद भंग भएसँगै अब जनवरी ५ मा आमनिर्वाचन हुनेछ  ।  

प्रधानमन्त्रीबाट बर्खास्त भएका रनिल बिक्रमसिंहको पार्टीले भने राष्ट्रपतिले त्यस्तो कदम चाल्ने अधिकार नभएको बताएको छ ।

विक्रमसिङ्गलाई हटाएर उनको ठाउँमा राजापक्षलाई ल्याउने राष्ट्रपतिको प्रयासपछि उत्पन्न राजनीतिक सङ्कटले अर्को मोड लिएको छ । 

गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिङ्गलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई अघि सारेका थिए ।

राष्ट्रपतिले संसद् र मन्त्रिपरिषद् दुवै निलम्बन गरेका थिए ।

तर सो कदम गैरकानूनी भएकोभन्दै विक्रमसिङ्गले पद छाड्न अस्वीकार गर्दै आएका छन् ।

देशको नाममा गरिएको आफ्नो सम्बोधनमा सिरिसेनाले प्रधानमन्त्रीको नियुक्ति संविधानअनुसार नै र कानुनविद्हरूको सल्लाहमै गरिएको बताएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?