टर्की– टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महाबाणिज्यदूताबासमा भएको पत्रकार जमल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री वासिङ्टन र रियादलाई बुझाएको राष्ट्रपति रेसेप तैयप एर्दोआनले शनिबार बताएका छन् ।
हामीले श्रब्य सामग्रीलाई साउदी अरब र वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएका छौँ, उनले टेलिभिजनमार्फत् प्रशारित सम्बोधनमा बताए ।
राष्ट्रपति एर्दोआनले भने, “उनीहरूले महाबाणिज्य दूताबासमा भएको विवाद उनीहरूले सुनेका छन् । थाहा पाएका छन् । तर उक्त सामग्रीबारे सहायक लिखित सामग्री भने दिइएको छैन ।”
पत्रकार खसोग्गीलाई अन्तिम पटक गत अक्टोबर २ मा टर्कीमा रहेको साउदी अरबको महाबाणिज्य दूताबासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो । उनलाई सोही दिन हत्या गरिएको बताइदै आएको छ ।
उनान्साठी बर्षीय खसोग्गीको हत्या भएको कुरालाई लामो समयसम्म साउदी अरबले नस्वीकारेपनि बढ्दो अन्तराष्ट्रिय दवाबपछि महाबाणिज्यदूतावासमा भएको विवादमा पत्रकार मारिएको जनाएको थियो ।
एर्दोआनले उक्त घटनामा साउदी अरबका सबैभन्दा उच्च तहकोको नै निर्देशन रहेको आरोप लगाउनुभएको छ तर टर्कीका केही अधिकारीले भने उक्त घटनामा शक्तिशाली अधिराजकुमार मोहम्मद विन सलमानको सम्लग्नता रहेको हुनसक्ने जनाएका छन् ।
टर्कीको सञ्चारमाध्यमहरू तथा अधिकारीहरूले उक्त श्रव्य सामग्री अङ्रासँग रहेको बताएका र उक्त सामग्री अमेरिकी गुप्तचर संस्था सिआइएका प्रमुख जिना हास्पेलको टर्की भ्रमणका सन्दर्भमा अमेरिकालाई उपलव्ध गराइएको थियो । तर उक्त सामग्री रहेकोबारे वासिङ्टनले कहिल्यै पुष्टि गरेको छैन ।
खसोग्गीको हत्या भएको साउदी अरबले स्वीकार गरेपनि उनको मृत शरीरलाई मृत्यु भएको एक महिनापछिसम्म पनि भेटिएको छैन ।
परिवारले आफ्ना अविभावक पत्रकार खसोग्गीको मृत शरीर दिन सरकारसँग पटक पटक आग्रह गरेका भएपनि एर्दोआनका सल्लाहाकार यासिन आक्तेले गत हप्ता शरीरलाई एसिडमा हाली नष्ट गरिएको हुनसक्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया