नेपालकै पुनर्बिमा कम्पनीले पहिलोपटक १ अर्ब ६० करोडको अार्इपीअो बेच्दै

काठमाडाैं ः नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ६० करोड रूपैयाँ बराबरको साधारण शेयर (अार्इपीअो) निष्काशन गर्न लागेको छ । 

अबको तीन महिनाभित्रमा अार्इपीअो निष्काशन गरिसक्ने कम्पनीका सिर्इअो चिरायु भण्डारीले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैंक (अारबीबी मर्चेन्ट) लार्इ पुनर्बीमाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिर्इएको छ । 

हाल अन्तरराष्ट्रियस्तरका ११ वटा कम्पनीसँग सहकार्य गरिरहेको नेपाल पूनर्बीमाको चुक्ता पूँजी १० अर्ब रूपैयाँभन्दा बढी छ ।

हाल यो कम्पनीले भारत सरकारका ४ वटा बीमा कम्पनीसँग सहकार्य समेत गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?