काठमाडौं । पाकिस्तान विरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा नेपालले जित हात पारेको छ । आज काठमाडौंको दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १–० को गोल अन्तरले हराएको हो ।
नेपालको जितका लागि अञ्जन विष्टले खेलको दोस्रो हाफमा ८३ औं मिनेटमा एक गोल गरे । खेलमा विष्टको गोल नै निर्णायक सावित भयो । नेपालले आज दशरथ रंगशालामा आफ्नो ५० औं खेल खेलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया