बैंकहरूले निक्षेप संकलनमा सुधार गरे, तरलता सहज हुने संकेत

काठमाडाैं : कर्जा-पूँजी-निक्षेप (सीसीडी) अनुपातको अन्तिम सिमा नै भेट्नेगरि कर्जा प्रवाह गरेका, तर निक्षेप संकलनमा सुधार गर्न नसकेका बैंकहरू ऋण प्रवाहमा संयमित बनेपछि तरलता संकट हट्ने संकेत देखिएको छ । 

पहिलो त्रैमास अर्थात साउनदेखि असोजसम्ममा बैंकहरूमा अत्याधिक कर्जा माग हुने, तर निक्षेप संकलन सोहीअनुसार नहुँदा बजारमा तरलता संकटको स्थिति पैदा भएको थियो । तर कात्तिक महिना लागेपछि बैंकहरूले कर्जा विस्तारमा कडार्इ गरेका छन् । निक्षेपको तुलनामा कर्जा ऋण लगानी बढी भएपछि १ हप्तासम्म त बैंकहरूले कर्जा प्रवाह नै बन्द गरेका थिए । 

नियामक नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक दोस्रो सातासम्म बैंकरूले निक्षेपमा २५ अर्ब रूपैयाँले सुधार ल्याएका छन् भने १२ अर्ब रूपैयाँ मात्र ऋण लगानी गरेका छन् । सिडिडी रेसियो नजिक पुगेका बैंकहरूले त अझैसम्म कर्जा विस्तारलार्इ रोकेका छन् । 

तिहारको बिदा शुरू हुनुअघिसम्म बैंकहरूे कुल निक्षेप २५ अर्ब ५० अर्ब रूपैयाँ पु-याएका छन् भने २२ खर्ब ५९ अर्ब रूपैयाँ मात्र ऋण प्रवाह गरेका छन् । कर्जा विस्तारमा अाक्रमक हुँदा साउन १ गतेदेखि यता निक्षेप ७५ अर्ब रूपैयाँले मात्र बढेको छ । तर बैंकहरूले यही अवधीमा १ खर्ब ४९ अर्ब रूपैयाँ ऋण प्रवाह गरेका छन् । 

मंसिर लागेसँगै सरकारले चालु अार्थिक बर्षको बजेट खर्चने गति पनि बढाउने अपेक्षा गरिएको छ । ७५३ स्थानीयतहमा मात्रै सरकारले ३ खर्ब ५ अर्ब बजेट पठाएको छ । यो बजेट खर्चन शुरू हुँदा निक्षेपका रूपमा बैंकहरूमा जम्मा हुनेछ । 

मुख्य चाडबाड सकिएको र बजेटमार्फत भाैतिक र सामाजिक पूर्वाधार विकासका काम शुरू हुने भएकाले सरकारको विकास खर्च समेत अबका दिनमा बढ्नेछ । विकास खर्च बढ्दा सरकारी ढुकुटीको रकम बैंकहरूमा जम्मा हुने र तरलता सहज हुने अांकलन समेत बैंकरहरूले गरेका छन् । 

यसबीचमा राष्ट्र बैंकले समेत सवारीसाधन खरिद कर्जामा कडार्इ गरेको छ । यसअघि ६०% सम्म बैंक ऋण पाउने व्यवस्था भएकोमा केन्द्रीय बैंकले यसलार्इ ५०% मा झारिदिएको छ । यसले एकातर्फ अायात रोक्न सघाउ पु-याउँछ भने अर्कातर्फ बैंकहरूमा जम्मा भएको निक्षेप अनुत्पादक क्षेत्रमा जाने समस्या केही हदसम्म समाधान हुन्छ । 

निक्षेपमा सुधार गर्न बैंकहरूको सञ्चाल नेपाल बैंकर्श एशोसियशनले अाज अार्इतबार छलफल समेत डाकेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?