काठमाडौं । फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे ।
अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे । इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको थियो । आर्डिअनले खेलको १६औँ मिनेटमा गोल गर्दै अल्वानीयालाई अग्रता दिलाएका थिए ।
रोजेन्जोले २० औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका हुन् । २५ र ६४ औँ मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई जित दिलाएका थिए । कतार विश्वकपमा भने दुबै टोली बाहिर छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया