अमेरिकामा क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्नेलाई आजीवन कैद

लोकपथ
98
Shares

न्युयोर्क । अमेरिकाको विस्कन्सिन राज्यका एक न्यायाधीशले गत वर्ष क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्ने र ६२ जनालाई घाइते बनाउने एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएकी छिन् ।

अभियोजकहरूले तर्क गरेपछि ड्यारेल ब्रुक्सलाई गत महिना एक निर्णायक मण्डलले ‘मानव जीवनको पूर्ण अवहेलना’ गरेको देखाएको थियो ।

अदालतले सजायको क्रममा दर्जनौं जीवित र पीडितका परिवारबाट भावनात्मक बयान पनि सुनेको थियो ।

चार–हप्ताको मुद्दाको सुनुवाईमा उनले अदालतको कार्यवाहीमा बाधा पुर्‍याएका थिए । बुधबार आफ्नो सजाय सुनाउँदै न्यायाधीश जेनिफर डोरोले ब्रुक्सले ‘खराब बाटो’ रोजेको बताइन् ।  उनले ब्रुक्सलाई ६ वटा आजीवन कारावासको सजाय दिन आदेश दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?