काठमाडौं । सरकारी खातामा एक खर्ब ९५ अर्ब ६२ करोड रुपैयाँ नगद मौज्दात देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा उक्त परिमाणमा नगद मौज्दात देखिएको हो । यो रकममा प्रदेश सरकार तथास्थानीय तहको खातामा रहेको रकमसमेत समावेश रहेको महालेखाको भनाइ छ । २०७९ असार मसान्तमा भने यस्तो मौज्दात दुई खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।
चालू आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्ममा संघीय सरकारको कुल खर्च रकम भने दुई खर्ब ७८ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यस अवधिमा चालू खर्चतर्फ दुई खर्ब २३ अर्ब ७५ करोड, पुँजीगत खर्चतर्फ १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ३४ अर्ब ७३ करोड रुपैंयाँ रहेको महालेखाको भनाई छ ।
समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व दुई खर्ब आठ अर्ब ५८ करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँटफाँड हुने रकमसमेत समावेश रहेको छ । यसमध्ये कर राजस्व तर्फ एक खर्ब ८९ अर्ब ३८ करोड र गैर कर राजस्वतर्फ १९ अर्ब २० करोड परिचालन भएको महालेखाले जनाएको छ ।
महालेखाका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति ३४ अर्ब ३० करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँटफाँड हुने राजस्वसमेत गरी २३ अर्ब ६६ करोड छ भने प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट १० अर्ब ६४ करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारहरुको खर्च २० अर्ब ९९ करोड रुपैयाँ रहेको महालेखाले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षको ११ महिनामा सरकारी खर्च तथा राजश्व :-
कुल खर्चतर्फ
विवरण रकम अर्बमा प्रतिशत परिवर्तन
आव २०७८–०७९ आव २०७९–०८० आव २०७८–०७९ आव २०७९–०८०
चालु खर्च १८६.५२ २२३.७५ २.१ २०
पुंजीगत खर्च १४.८९ १९.६८ १.१ ३२.२
वित्तीय व्यवस्था ३३.११ ३४.७३ ८७१.० ४.९
कुल खर्च २३४.४२ २७८.१७ १६.६ १८.६
राजश्व तर्फ
विवरण रकम रुपैयाँ अर्बमा प्रतिशत परिवर्तन:-
आव २०७८–०७९ आव २०७९–०८० आव २०७८–०७९ आव २०७९–०८०
कर राजश्व २२९.०८ १८९.३८ ४०.२ १७.३
गैर कर राजश्व २५.९६ १९.२० १९०.४ १७.३
राजश्व परिचालन २५५.०४ २०८.५८ ४८.० १८.२
(श्रोत महालेखा नियन्त्रक कार्यालय)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया