यस्तो देश जहाँ ‘सेक्सी’ देखिन महिला दात काटेर तिखो पार्छन् (तस्वीर सहित)

एजेन्सी । सुन्दै जिउ नै सिरिङ हुने, त्यसमाथि दातलाई काटेर, घोटेर तिखो बनाउने परम्परा । 

यो कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ, तर यो वास्तविक कुरा हो । इन्डोनेसियाका केही जनजातिहरु अहिले पनि आफ्नो दातलाई काटेर तिखो बनाउने परम्परालाई कायमै राख्दै आइराखेका छन् । 

मानव जातीमा पुरुष र महिलामा धेरै भिन्नता हुन्छ । पुुरुष शारीरिक र मानसिक रुपले बलियो मानिन्छ भने महिला कोमल र सुन्दरताको धनी मानिन्छ । सुन्दरताको विभिन्न देशमा आफ्नै परिभाषा छ । जसमध्ये, इन्डोनेसियामा तिखा दाँत भएका महिलालाई सुन्दर र कामुक मानिन्छ । 

सुन्दर अनुहार, मिलेको जिउडाल, अनारका दाना जस्ता टम्म मिलेको दाँत भएका महिलालाई अहिले पनि सुन्दर नारीको दर्जा दिदैं आइरहेका छन् । तर, इन्डोनेसियाका केही जनजातीहरु तिखा दाँत भएका महिलालाई सुन्दर मान्छन् । त्यसैले यहाँका महिला आफ्नो सुन्दरता बढाउनका लागि दाँत तिखो पार्न कठिन प्रकृयाबाट गुज्रने गर्दछन् । 

दक्षिणी बालीको एक ग्रामिण गाउँमा गोल्डेन रंगको पोशाकमा सजिएकी युवतीहरु आफ्नो दातलाई तिखो बनाइरहेका थिए । पाँचौ शताब्दीको बेलामा हिन्दु धर्मको आगमनको बेलादेखि दात तिखो बनाउने परम्पराको शुरुवात भएको बताइएको छ ।

तिखो दाँत भएका महिलाले परिवारमा सुख, समृद्धि ल्याउने उनीहरुको मान्यता रहेको बताइएको छ । कतिपयले स्वइच्छाले त कतिले बाध्यताले पनि अहिले दाँत तिखो बनाउने गर्दछन् । तिखो दाँत बनाउँदा आफ्नो कामुकता प्रदर्शन हुने उनीहरुले बताएका छन् ।  

तस्विर : मेल अनलाइन

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?