विश्वकप पौडी प्रतियोगितामा सहभागी हुने खेलाडीसहितको टोलीलाई बिदाई

काठमाडौं । यहि बिहीवारदेखि सिंगापुरमा आयोजना हुने फिना विश्वकप पौडी प्रतियोगितामा सहभागी हुने खेलाडी सहितको टोलीलाई बिदाई गरिएको छ । 

पौडी प्रतियोगितामा सहभागी हुने खेलाडीहरुमा डुवाना लामा, उपास्ती महर्जन तथा साईद हम्जा शाह, प्रशिक्षकमा रत्नलाल महर्जन तथा ब्यवस्थापकमा बिष्णु खड्कालाई आइतवार एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो ।

प्रतियोगितामा डुवाना र उपास्तीले ५० मिटर फ्रि-स्टायल र ५० र सय मिटर बेष्ट स्ट्रोक तथा शाहले ५० मिटर फ्रि स्टायल, ५० र सय मिटर बेष्ट स्ट्रोक र ५० र सय मि।टर बटरफ्लाईमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेलाडीहरुको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो ।

खेलाडी सहितको टोलीलाई पौडी संघका महासचिव जगतमान श्रेष्ठले बिदाई गरेका थिए । टोलीलाई बिदाई गर्दै महासचिव श्रेष्ठले उत्कृष्ट सफलता हात पार्न शुभकामना समेत दिए । 

यस प्रतियोगितामा नेपाली खेलाडीहरुले आफ्नो व्यक्तिगत समयमा सुधार गर्ने र आगामी दिनमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औँ दक्षिण एशियाली खेलकुदमा राम्रो नतिजा प्राप्त गर्न सफल हुने प्रमुख प्रशिक्षक शंकर कार्कीले बताए । 

बिदाई कार्यक्रममा नेपाल पौडी संघका सचिव एवं बरिष्ठ प्रशिक्षक ईश्वर कार्की, पूर्व प्रमुख प्रशिक्षक वाङ्गदेन लामा र प्रमुख प्रशिक्षक शंकर कार्कीको पनि उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?