काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो ।
नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । यदि उडान अनुमति नलिइ यात्रुलाई टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही गर्ने भएको छ । चार्टर उडानको नाममा टिकट बिक्री गरी यात्रुलाई विमानस्थलमा अलपत्र पार्ने काम हुनथालेपछि प्राधिकरणले यो कदम चालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया