यूएईविरुद्धको एकदिवसीय श्रृंखला नेपालको पक्षमा

लोकपथ
28
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध सानदार जित निकाल्दै तीन दिवसीय श्रृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । आज काठमाडौंको कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा सम्पन्न निर्णायक खेलमा यूएईलाई ६ विकेटले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो । यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४ विकेटको क्षतिमा पुरा गर्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ९ विकेटको क्षतिमा १ सय ७६ रन जोडेको थियो । यूएईले दिएको उक्त लक्ष्य नेपालले पूरा गर्ने क्रममा ओपनर अर्जुन साउदले ३३ बलमा ९ रन, ज्ञानेन्द्र मल्लले ७३ बलमा ६४ रन बनाउँदै आउट हुन पुगे । नेपालका लागि ओपनिङ ब्याटिङ गर्न आएका आशिफ शेखले अविजित १ सय १९ बलमा ८८ रन बनाउँदा तेस्रो विकेटका लागि मैदानमा आएका कप्तान रोहित पौडेलले पनि १६ बलमा १० रन बनाए आउट भए । चौथो विकेटका लागि मैदानमा आएका दिपेन्द्र सिंह एरीले शुन्य रन बनाएर पेबिलियन र्फकँदा पाँचौ विकेटका लागि मैदानमा आएका हरिकृष्ण शाहले एक बल पनि खेल्ने मौका पाएनन् ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले ९३ रन बनाउँदा ९ विकेट गुमाएको थियो । अन्तिममा यूएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी खेलेका थिए ।खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोड्दा बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन जोडे ।

त्यस्तै, अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे भने रोहन मुस्तफाले ५६ बलमा २ चौका मद्दतमा २४ रन जोडे । नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए । पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?