काठमाडाैं : केही समय अघिसम्म मिटर बिगारेर तेल ठग्दै अाएका पेट्रोल पम्प सञ्चालकले पछिल्लो समय सफ्टवेयर बिगारेर उपभोक्तालार्इ तोकिएको भन्दा कम तेल दिर्इरहेको खुलासा भएको छ ।
सानो भ-याङमा रहेको बंगलामुखी अायल स्टोर्सले सफ्टवेयरको दुरूपयोग गरि उपभोक्तालार्इ कम तेल दिर्इरहेको पार्इएको छ । गुणस्तर तथा नापताैल विभागले गरेको अनुगमनका क्रममा यो पेट्रोलपम्पले भारतबाट १ लाख रूपैयाँमा सफ्टवेयर खरिद गरि पेट्रोलपम्पमा जडान गरेर कम तेल दिर्इरहेको खुलेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बंगलामुखी पेट्रोल पम्पले निकै चलाखीपूर्वक सफ्टवेयर जडान गरि उपभोक्ता ठगि गरिरहेको भेटिएको हो । तेल भर्न जाने सवारीसाधनमा तेल हाल्न सुरू गरेपछि केही क्षण बन्द गर्ने र फेरि तेल भर्न शुरू गरेपछि सफ्टवेयरले तेलको परिमाण घटाउने गरेको तथ्य फेला परेको छ ।
यो पेट्रोलपम्पमा तेल भर्ने उपभोक्तामाथि हरेक लिटर तेल खरिदमा २ सय मिलिलिटर तेल घोटाला भएको छ ।
यसअघि पनि भएको थियो तेलमा ठगी :
हाल नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनाल महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख हुँदा पेट्रोल पम्पमा भर्इरहेको ठगीमाथि प्रहरीले अपरेशन गरेको थियो। राजधानीका करिब १ दर्जन पम्पले तीस हजारमा पार्इने चिप्स जडान गरेर कम परिमाणमा तेल दिर्इरहेको प्रमाण भेटिएपछि एक दर्जन पेट्रोलपम्प सञ्चालकलार्इ प्रहरीले पक्राउ गरेको थियो ।
तीन बर्षअघि भएको यो ठगीमा संलग्न सबै पेट्रोलपम्प सञ्चालक राजनीतिक र व्यापारीको दबाबमा रिहा भएका थिए । त्यसपछिका दुर्इ बर्षसम्म तेलमा ठगी भएको गुनासो खासै सुनिएको थिएन ।
तर, प्रहरीले अप्रेशन गरि पेट्रोलपम्प सञ्चालकलार्इ कारबाही गरेको तेस्रो बर्षमै फेरि सफ्टवेयरमार्फत तेलमा ठगी भर्इरहेको तथ्य खुलेको हो । हाल दर्जनाैं पेट्रोलपम्पले तेल ठगीको यो विधि अपनार्इरहेको हुनसक्ने नाैपताैल विभागको अाशंका छ । विभागले अब सबै पेट्रोलपम्पमा सफ्टवेयरमार्फत तेल ठगी भए/नभएको बारे नियमित अनुगमन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया