काठमाडाैं : चिनियाँ र्इ-कमर्श जायन्ट अलिबाबा ग्रुपले नोभेम्बर ११ को २४ घन्टाभित्र ३५ खर्ब ७२ अर्ब रूपैयाँ (३०.८ विलियन अमेरिकी डलर) बराबरको सामान बेचेको छ ।
अार्इतबार विश्वभर '११.११ ग्लोबल सपिङ फेस्टिबल' अायोजना गरेको अलिबाबाले अघिल्लो बर्ष बनाएको २५.३ विलियन डलरको २४ घन्टे व्यापार रेकर्डलार्इ समेत तोडेको छ । चर्चित फोर्ब्स म्यागेजिनका अनुसार अलिबाबाको यो २४ घन्टे व्यापार मेलाले र्इतिहासकै सबैभन्दा ठूलो रेकर्ड बनाएको छ ।
नेपालमा पनि अलिबाबाले दराज डट कम बाट ११.११ ग्लोबल सपिङ फेस्टिबल सञ्चालन गरेको थियो । तर सामानको गुणस्तर र मुल्यलार्इ लिएर दराजमाथि व्यापक अालोचना भर्इरहेको छ । साविक मुल्यमा बेचिरहेको सामानको भाउ निकै धेरै राखेर बिक्री गरिरहेको प्रमाण सामाजिक सञ्चालमै पेश गरिएको छ ।
सामान खरिदबिक्रीको दशाैं कुम्भमेला शनिबारदेखि चीनको सांघार्इ शहरबाट शुरू भएको थियो । अलिबाबाको अनलार्इन ब्यापार महाकुम्भमा एलन लेभरसन र किर्क डु सोलएलले स्टेज प्रश्तुती दिएका थिए । साथै, एसियाली पप स्टार जे चोउ र कोको लिको समेत प्रश्तुती रहेको सो व्यापार कुम्भ मेला उद्घाटन समारोहलार्इ विश्वभरका १० करोड मानिसले हेरेको फोर्ब्सले अनुमान गरेको छ ।
अलिबाबाले अार्इतबार १ लाख ८० हजार प्रकारका सामानहरू अनलार्इनमा बेच्न राखेको थियो । सो सामान खरिदका लागि करोडाैं उपभोक्ताले अनलार्इन अर्डर दिएका थिए । ४६% भन्दा बढी ग्राहकहरू सन् १९९० पछि जन्मिएको अलिबाबाका प्रमुख कार्यकारी अधिकृत डानियल झाङले जानकारी दिए । अलिबाबाले २४ घन्टाभित्र गरेको कारोबार रकम विश्वविख्यात कम्पनी एप्पल, निक र इस्टे लाउन्डरको खरिद मुल्य बराबर भएको फोर्ब्सको दाबी छ ।
सन् २००९ मा शुरू भएको एक दिने अनलार्इन व्यापार मेलामा पहिलोपटक ७० लाख डलर बराबरको सामान बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया