काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित अनन्तकुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा ५९ वर्षको उमेरमा निधन भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारको निधनमा शोक व्यक्त गरेका छन् । मोदीले अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको बताए ।
उनी सन् २०१६ मा संसदीय मामिला मन्त्री बनेका थिए । संसदीय कार्य मन्त्री अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए ।
उनी १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया