काठमाडौं । रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी बिजुली बिहीन भएका र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन् । ‘हाल, एक करोड भन्दा बढी युक्रेनीहरू बिजुलीबिहीन छन्’ उनले भने ।
ओडेसा, भिनिट्सिया, सुमी र राजधानी किभका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका उनले बताए । ‘हामी आपूर्ति सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं’, जेलेन्स्कीले थपे ।
युक्रेनले रसियाविरुद्ध युद्ध मैदानमा जित हासिल गरेपछि आफ्नो पावर ग्रिडमा समस्या भोगेको छ । केही दिन अघि रुसी सेना मस्कोको दक्षिणी सहर खेरसनबाट पछि हटेको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया