काठमाडौं । यहि मंसिर दोस्रो साताबाट पाँचौ संस्करणको सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक एस एस इभेन्ट प्रा.लिले प्रतियोगिता ५ दिनसम्म चल्ने जानकारी दिएको हो । सेञ्चुरी बैंकको मुख्य प्रायोजनमा हुन लागेको यो प्रतियोगितामा २४ कर्पोरेट टोलीले सहभागिता रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एस एस एभेन्टस् प्रा.लिका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिने बताए । लिग कम नकाउटका आधारमा खेलाइने यो प्रतियोगिताको हरेक समूहमा तीन कर्पोरेट टिमहरु रहनेछन् ।
साथै समूहको शीर्ष दुई टोली प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका लागि करिव ३२ लाख रुपैयाँ खर्च हुने पनि जानकारी दिइयो ।
गत वर्ष यो प्रतियोगिताको उपाधि सिभिल बैंकले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया