काठमाडौं। नेपालले कम्बोडियासँग हवाई सम्झौंता गर्ने भएको छ ।
दुर्इ वर्ष अघि नेपालले सम्झौंताका लागि कम्बोडियालाई पत्राचार गरेको थियो। द्धिपक्षीय छलफलपछि आउँदो मंसिर १४ गते हवार्इ सम्झौंताको टुंगो लागेको हो।
पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यका अनुसार कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन नेपाल आएका बेला सम्झौंता पत्रमा हस्ताक्षर हुनेछ । साथै उनले दुवै मुलुकको हवाई सेवा सम्झौताको दस्तावेज आदान प्रदान भइसकेको पनि जानकारी दिए ।
उनका अनुसार सम्झौंतामा उडान संख्या, कोड सेयर, कार्गो, यात्रु उडान, उडान तालिका लगायतका विषय समावेश हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया