निजी मेडिकल कलेज सञ्चालनका सम्बन्धमा नेकपाका सांसदहरुको यस्तो प्रस्ताव

काठमाडौं । सांसदहरुले निजी मेडिकल कलेजहरु अब सरकारले सञ्चालन गर्न प्रस्ताव गरेका छन् ।

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ मा १३०  वटा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदहरुले निजी मेडिकल कलेजहरु सरकारले सञ्चालन गर्न प्रस्ताव गरेका हुन् ।

अधिकांश प्रस्तावक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का छन् । नेकपाकी सांसद अञ्जना विशंखे, अमृता थापा र पार्वती कुमारी विशंखेले सबै राष्ट्रिय स्वास्थ्य विज्ञान शिक्षा र संस्थानहरु पाँच वर्षभित्र राज्यले जिम्मा लिनुपर्ने प्रस्ताव गरेका छन् ।

तर,  संशोधनको सूचनामा ‘विदेशी लगानीमा सञ्चालित मेडिकल कलेजको हकमा सम्झौता अनुरुप नै हुने’ उल्लेख गरिएको छ सरकारसँग यसका लागि पर्याप्त साधन स्रोत भएको भन्दै उनीहरुले  स्वास्थ्य मन्त्रालयको खर्च हुन बाँकी बजेट, विमा, सामाजिक सुरक्षा कार्यक्रम लगायतको रकम उपयोग गर्न सकिने पनि सुझाएका छन् । 

यो पनि हेर्नुहोस्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?