भोलिबाट विश्वकप फुटबलको महासंग्राम सुरु हुँदैछ । सहभागि राष्ट्रका खेलाडीहरु कतार पुगिसकेका छन् । साथै, समर्थकहरुको पनि कतारमा ओइरो लागेको छ । प्रत्येक ४ वर्षको अन्तरमा हुने र विश्वभरबाट समर्थन पाउने भएकाले पनि धेरैले यसलाई फुटबलको कुम्भमेलाको संज्ञा दिन्छन् ।
२० नोभेम्बरबाट हुने विश्वकपको महाकुम्भ डिसेम्बर १८ सम्म चल्नेछ । करिब एक महिनासम्म चल्ने यस प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । पहिलो पटक विश्वकप नोभेम्बर–डिसेम्बरमा खेलाइँदैछ । यसअघि विश्वकप जुन–जुलाईमा हुने गर्दथ्यो । तर, यसपटक कतारको गर्मीका कारण विश्वकप डिसेम्बरमा खेलाउन लागिएको हो ।
२२ औँ संस्करणको विश्वकपसम्म आइपुग्दा ब्रजिलले सर्वाधिक पाँच पटक विश्वकपको उपाधि उचालिसकेको छ । ब्रजिलले सन् १९५८, १९६२, १९७०, १९९४, २००२मा गरी पाँच पटक जित निकालेको हो ।
त्यस्तै, २०१४ मा विश्वकप उचालेसँगै जर्मनीले चारपटक विश्वकप उपाधि चुमेको छ । जर्मनीले सन् १९५४, १९७४, १९९०, २०१४मा उपाधि जितेको थियो । इटलीले पनि सन् १९३४, १९३८, १९८२, २००६ मा गरी चार पटक विश्वकप जिति सकेको छ ।
त्यस्तै, आर्जेन्टिनाले सन् १९७८, १९८६मा विश्वकपको उपाधि उचालेको छ । फ्रान्सले पनि सन् १९९८, २०१८मा गरी दुई पटक विश्वकप उचालिसकेको छ ।
विश्वकप आयोजना भएको पहिलो वर्षनै उरुग्वेले विश्वकप जितेको थियो । १९५०मा फेरि एकपटक उपाधि चुम्दै उरुग्वे दुईपटक विश्वकप जित्ने राष्ट्र बन्यो । स्पेनले सन् २०१० र इङ्गल्यान्डले सन् १९६६ विश्वकप जितेका छन् । सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो जसले आठ पटक फाइनल खेलेको छ भने ब्रजिलले सात पटक फाइनल खेलेको छ । इटलीले छ पटक र आर्जेन्टिनाले पाँच पटक फाइनल खेलेको छ ।
विश्वकप चुम्ने सपनासहित ३२ राष्ट्र मैदानमा उत्रिने गरेका छन् । आफ्नै घरेलु मैदानमा आयोजना भएको वर्ष विश्वकप उपाधिलाई कब्जा गर्ने राष्ट्रको यहाँ चर्चा गरिएको छ :
उरुग्वे
सन् १९३० मा पहिलोपटक विश्वकप आयोजना भएको थियो । उक्त विश्वकपको आयोजना गर्ने जिम्मा उरुग्वेले नै पाएको थियो । पहिलो संस्करणको उक्त फाइनलमा अर्जेन्टिनालाई ४–२ गोल अन्तरले पराजित गर्दै उरुग्वेले विश्वकपको उपाधि आफ्नो पोल्टामा पार्यो । आफ्नै देशमा आयोजना भएको विश्वकपको उपाधि उरुग्वेले अन्त जान दिएन ।
इटाली
विश्वकपको दोस्रो संस्करण अर्थात १९३४ को विश्वकप इटालीले आयोजना गरेको थियो । उक्त विश्वकपको फाइनलमा चेकोस्लोभाकीयालाई २–१ गेल अन्तरले पराजित गर्दै इटालीले विश्वकपको उपाधि आफ्नो नाममा बनायो । त्यसैले घरेलु मैदानमा उपाधि रक्षा गर्ने राष्ट्रको सूचिमा इटाली पनि थपिन पुग्यो ।
इङल्याण्ड
जर्मनी
सन् १९७४मा विश्वकपको आयोजना जर्मनीमा भएको थियो । जर्मनीले पनि उक्त संस्करणमा विश्वकपको उपाधि घर बाहिर जान दिएन । फाइनलमा हल्याण्डलाई २–१ गेल अन्तरले हराएको थियो । यद्यपी जर्मनीले सन् १९५४ मा पनि विश्वकप उपाधि जितिसकेको थियो ।
अर्जेन्टिना
अर्जेन्टिनाले हालसम्म २ पटक विश्वकपको उपाधि चुमेको छ । अर्जेन्टिनाले सन् १८७८मा पहिले पटक विश्वकप जितेको थियो जुन अर्जेन्टिनामा नै आयोजना भएको थियो । फाइनलमा अर्जेन्टिनाले हल्याण्डलाई ३–१ गेल अन्तरले पराजित गरेको थियो । दोस्रोपटक अर्जेन्टिनाले सन् १९८६मा विश्वकप उपाधि उचालेको थियो ।
फ्रान्स
सन् १९९८ मा विश्वकपको उपाधि फ्रान्सले आफ्ना पोल्टामा पारेको थियो । फाइनल खेलमा ब्राजिललाई ३–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि उचालेको थियो । उक्त संस्करणको विश्वकपको आयोजना फ्रान्सले नै गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया