काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेट खेलाडी जोन्टी रोट्सले नेपालका युवा खेलाडीहको क्षमता अनुसार उचित अवसर नपाएको बताएका छन् ।
राजधानीमा सोमवार भएको पत्रकार सम्मेलनमा उनले युवा खेलाडीहरुसँग राम्रो क्षमता भएको तर त्यहि अनुसारको अवसर नपाएको बताएका हुन् । साथै उनले नेपालको भौतिक पुर्वाधारका अनुपातमा खेलाडीहरुले उल्लेख्य प्रर्दशन गरेको पनि जानकारी दिए ।
‘सिमित श्रोत, साधन र सुविधाका बाबजुत पनि नेपालको यू-१९ क्रिकेट टिमले भारतलाई पराजित गरिसकेको छ, यो चानचुन कुरा हैन्’ उनले बताए ।
रोट्सले नेपाली खेलाडीहरुलाई १० दिनको ‘हाइ पर्फमेन्स क्याम्प’मा भन्दा पनि उत्कृष्ट खेलाडीहरु कसरी उत्पादन गर्न सक्छौं भन्नेमा जोड दिने बताए ।
‘यू-१९ लेभलको क्याम्पको शुरुमा पुल तयार पार्नेछौं, त्यसपछि विभिन्न स्कुलहरुमा जानेछौं, दक्षिण अफ्रिकामा जस्तै कसरी नयाँ खेलाडी उत्पादन गर्ने, कसरी स्टेट लभेल र प्रतियोगिता सञ्चालन भइरहेको छ, त्यो बारेमा जानकारी दिनेछौं’ उनले थपे ।
त्यस्तै उनीसँगै वेस्ट इन्डिज क्रिकेट टिमका पुर्व फिल्डिंग प्रशिक्षक रायन मारुनले पनि प्रशिक्षण दिदैछन् । रायनले विगत १९ वर्षदेखि नियमित रुपमा प्रशिक्षण दिइरहेका छन् । उनले यसअघि अफगानिस्तान र वेस्ट इन्डिजका खेलाडीहरुलाई प्रशिक्षण दिइसकेका छन् ।
उनीहरुले क्रिकेटको फिटनेस टेस्ट र ट्रेनिङ गर्नेछन् भने नेतृत्व कला, स्पोर्ट्स मेडिसिन, जित्ने कला जस्ता बिषयमा प्रशिक्षण दिनेछन् ।
नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा काठमाडौँमा दक्षिण अफ्रिकी लिजेण्ड जोन्टी रोड्ससँग नेपालका युवा खेलाडीहरुले प्रशिक्षण लिन लागेको हो ।
‘राइज अफ द क्रिकेटिङ स्टार्स विथ जोन्टी रोड्स’ नाम दिइएको उक्त हाइ परफरमेनस क्याम्पमा नेपालका यू-१६ र यू-१९ लेभलका खेलाडीहरुको सीप विकासको लागि आयोजना गरिएको हो । प्रशिक्षण टियु मैदानमा सञ्चालन हुनेछ।
नेपाली खेलाडीहरुलाई १४ देखि २३ तारिखको विचमा तीन दिन र तीन सेसन राष्ट्रिय खेलाडीलाई प्रशिक्षण दिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया