अाजदेखि अनलार्इन प्रणालीमा समस्या नअाउने नेप्सेको दाबी

काठमाडाैं : पूँजीबजारका लगानीकर्ताले अान्दोलनको चेतावनी दिएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अाज मंगलबारदेखि शेयरको अनलार्इन कारोबारलार्इ सुचारू गर्ने र समस्या अाउन नदिने दाबी गरेको छ । 

नेप्सेका सिर्इअो चन्द्रशिंह साउदले अनलार्इन प्रणालीमा शेयर कारोबार गर्दा हार्डवेयर र सफ्टवेयरमा समस्या नदेखिएको र डिस्प्लेमा मात्र समस्या अाएकाले यो समस्यालार्इ अनलार्इन निर्माता कम्पनी वाइकोले समाधान गर्ने तथा अाजदेखि कुनै समस्या बिना शेयरको अनलार्इन कारोबार हुने अाश्वासन दिएका हुन् । 

नेप्सेले कात्तिक २० गतेदेखि नेपालको पूँजीबजारमा हुने शेयर कारोबारलार्इ अाधुनिकीकरण गर्न भन्दै अनलार्इन प्रणाली सञ्चालनमा ल्याएको छ । अार्थिक बर्षको शुरूवातमै अनलार्इन प्रणाली कार्यान्वयन गर्ने जनाएको नेप्सेले निरन्तर भाखा सार्दै कात्तिकमा बल्लतल्ल यो प्रणाली शुरू गरेपनि ब्रोकर कम्पनीहरूले नै कारोबार गर्न पाएका छैनन् । सर्वसाधारण लगानीकर्ताको पहुँच पुग्ने गरि यो प्रविधिलार्इ अझै विकास गरिएको छैन । 

सम्भावित समस्यालार्इ निराकरण नगरी ल्यार्इएको अनलार्इन प्रणालीमा समस्या देखिएपछि लगानीकर्ताहरू रूष्ट भएक छन् । नेप्से दोहोरो अंकले झर्ने क्रम जारी छ । शेयर कारोबारमै समस्या भएपछि लगानीकर्ताहरूको छाता संस्था नेपाल र्इन्भेष्टर्स फोरमका पदाधिकारीहरूले सोमबार नेप्सेका सिर्इअो साउदसँग भेटी तत्काल समस्या समाधान गर्न अाग्रह गरेका छन् । नेप्सेले शुरू गरेको अनलार्इन प्रणालीमा डाटा म्याचिङमा समस्या रहेको र लगानीकर्ताको जानकारी नराखिएकोमा उनीहरूले गुनाशो गरेका छन् । 

अनलार्इन प्रणालीलार्इ व्यवस्थित नगरिए अान्दोलन नै गर्ने लगानीकर्ताहरूको चेतावनीपछि नेप्सेले अागामी दिनमा कुनै समस्या नअाउनेगरि व्यवस्थित गर्न लागिएको जानकारी दिएको छ । साथै, सर्वसाधारण लगानीकर्तालार्इ अनलार्इनबाट कारोबार गर्नुअघि तालिम समेत दिने सिर्इअो साउदले बताएका छन् । 

नेप्सेको अनलार्इन कारोबार प्रणाली जडान गरेको वार्इको कम्पनीका प्रबन्ध निर्देशक दिपेश प्रधानले ब्रोकर कम्पनीहरूबाट अावश्यक जानकारी अाउनासाथ समस्या समाधान हुने जानकारी दिए । मार्केट डेप्थमा देखिएको समस्या अाजै मंगलबारदेखि समाधान हुने पनि उनले दाबी गरेका छन् । 

अनलार्इन प्रणाली कार्यान्वयनमा नआउँदा अहिले नेपाली पूँजीबजारका लगानीकर्ताहरू निराश बनेका छन् । तिहारयता नेप्सेमा लगातार दोहोरो अंकको गिरावट देखिएको छ । नेप्सेलार्इ नै अनलार्इन प्रणालीको व्यवस्थापन गर्न मुस्किल पर्दा लगानीहरू समस्यामा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?