काठमाडाैं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलार्इनबाट शेयर कारोबार गर्न सिकाउन सर्वसाधारण लगानीकर्तालार्इ फेरि 'मक ट्रेडिङ'को तालिम दिने भएको छ ।
कात्तिक २२ गतेदेखि नेपालको पूँजीबजारमा ल्यार्इएको अनलार्इन शेयर कारोबारमा ब्रोकरलार्इ मात्र समावेश गराउँदा प्रभावकारी काम नभएपछि नेप्सेले लगानीकर्तालार्इ नै मोक ट्रेडिङ सिकाउन लागेको हो ।
अभ्यास कारोबार तालिम दिएपछि मात्र नेप्सेले अनलार्इन प्रणाली सञ्चालन गर्ने भएको छ । अनलार्इन प्रणालीमा जसरी कारोबार हुन्छ, त्यसरी नै नेप्सेले लगानीकर्तालार्इ अभ्यास कारोबार तालिम दिने भएको छ ।
नेपाल र्इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पाैडेलले चाहिँ सर्वसाधारण लगानीकर्तालार्इ मोक ट्रेडिङ दिएपनि नेप्सेले राफसाफलार्इ पूर्ण रूपमा झन्झटरहित बनाउनुपर्ने, अन्यथा समस्या यथावत रहने बताए । फोरमले सोमबार नेप्सेका सिर्इअो चन्द्र साउदसँग अनलार्इन प्रणालीको भद्रगोलका कारण लगानीकर्तालार्इ परेको समस्या सल्ट्याउन भेटेरै अाग्रह गरिसकेको छ ।
अनलार्इन कारोबारलार्इ बैंकिङ प्रणालीसँग एकीकृत गर्ने प्रयास भर्इरहेको साउदको भनार्इ छ । हाल केही बैंकहरूले चासो नदिएको र केही बैंकले थप प्रणालीको विकास गर्नुपर्ने बताएका कारण अनलार्इनबाटै राफसाफलार्इ पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन केही समस्या बाँकी रहेको उनले बताए ।
सर्वसाधारणलार्इ अनलार्इन प्रणालीमा समावेश गराउने बेलासम्म बैंकमार्फत राफसाफ गर्न सक्ने व्यवस्था मिलाउन कोशिश गर्ने नेप्सेले अाश्वासन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया