एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडले सान्टियागो सोलारीलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गर्ने भएका छन् ।
प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेपछि कार्यवाहकको भूमिका निर्वाह गरेका सोलारी नै रियल म्याड्रिडले अन्तिम समयमा पूर्ण प्रशिक्षकका रुपमा नियुक्त गर्ने भएका हुन् ।
गत आइतवार सम्पन्न भएको खेलमा सेल्टा भिगोलाई हराएसँगै सोलारीको नयाँ सम्झौता गर्न लागेको बताइएको छ । सोलारीको नयाँ सम्झौता स्पेनिस फुटबल महासंघ बुझाइसकेको पनि बताइएको छ ।
एल क्लासिकोमा बार्सिलोनाविरुद्धको खेलमा रियल म्याड्रिड ५-१ को लज्जास्पद हार बेहोरेपछि क्लबले लोपेटेगुईलाई बर्खास्त गरेको थियो ।
यता सोलारीले भने ४ खेलमा शत प्रतिशत जितको नतिजा निकाल्न सफल भएका छन् । उनको नेतृत्वमा रियल म्याड्रिडले मेलिला, रियल भालाडोलिड, भिक्टोरिया प्लेजन र सेल्टा भिगोलाई हराइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया