काठमाडौं । म्यान्मारमा जारी जापान ओलम्पिक महिला फुटबल अन्तर्गत एशियन छनोटको अन्तिम खेलमा आज नेपालले बंगलादेशको सामना गर्दैछ ।
यि दुई टिमबीचको खेल नेपाली समयानुसार आज दिउँसो सवा २ बजेपछि याङगोनस्थित थुनुवा स्टेडियममा शुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निक्कै महत्वपूर्ण छ ।
दोस्रो चरण प्रवेशको यात्रा आजको खेल नै निर्धारण गर्ने भएकाले नेपाललाई जित्ने पर्ने दवाव रहेको छ । नेपालले यसअघि भारत र म्यान्मारसँग खेलको दुवै खेलमा बराबरी गर्दै २ अंक मात्र बनाएको छ ।
समूह ‘सी’मा रहेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ भने समान ४ अंक जोडेको म्यान्मार पहिलो र भारत दोस्रो स्थानमा छ । समूहको कमजोर मानिएको टिम बंगलादेशलाई हराउने रणनीतिका साथ नेपाली टिम उच्च मनोबलका साथ मैदानमा उत्रदैछ ।
नेपाल उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरणमा पुग्ने सम्भावना पनि कायमै रहेको छ । सन् २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया