जाडो मौसममा सवारी चलाउँदा अपनाउनुस् यी सावधानी

काठमाडौं । अधिकांश मानिसहरु आफ्नो निजी सवारी साधनमा यात्रा गर्न रुचाउँछन् । यसमा मौसमले पनि फरक पार्दछ ।

केही दिन यता देखि काठमाडौंको  चिसो मौसम दिन प्रति दिन बढ्दो छ । हाल काठमाडौंको तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । मंगलवार काठमाडौंको अधिकतम तापक्रम २१ डिग्री तथा न्यूनतम तापक्रम १० डिग्री सेल्सियससम्म जान सक्ने मौसम विभागले जनाएको छ । 

जाडो बेलामा अत्याधिक चिसो हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुने गर्दछ । दुई पाङग्रे सवारी साधन चलाउँदा हातमा चिसो हुँदा र विशेष सुरक्षामा ध्यान नदिँदा बढी मात्रामा दुर्घटना हुन सक्छ । 

साथै जाडो मौसममा कुहिरो लाग्ने हुदाँ पनि  कुहिरोमा दृश्यात्मक क्षमता कम हुन्छ । यसका कारण दुर्घटना हुने सम्भावना बढी हुन्छ ।

सवारी दुर्घटना हुन नदिन यी कराहरुलाई ध्यान दिनुहोस् :-

१. विस्तारै गाडी चलाउनुहोस् 

जाडोमा कुहिरोका कारण सडक समेत ओसिलो हुन्छ । द्धश्यात्मक क्षमता कम हुने हुँदा बाटो राम्रोसँग देखिँदैन । यस्तो अवस्थामा गाडी तिव्र गतिले गुडाउँदा ‘स्पिल’ हुन सक्छ र सडक नदेख्दा दुर्घटना हुन सक्छ । त्यसैले विस्तारै गाडी चलाउँदा दुर्घटनाबाट जोगिन सकिन्छ ।

२.  हेडलाईटलाई लो बीममा राख्नुस्

कुहिरोमा गाडीलाई हाई बीममा राख्नु हुँदैन । किनभने कुहिरोमा उज्यालो फैलिन्छ र अगाडि जे पनि देख्न सकिन्छ । सुरक्षित ड्राइभिङका लागि हेडलाईटलाई लो बीममा राख्नुस् ।

३. कुहिरो लागेको बेला सडकमा गाडी नरोक्नुहोस्

कुहिरो लागेको छ भने भुलेर पनि सडकमा गाडी नरोक्नुहोस् । यसो गर्नाले ठूलो दुर्घटना हुन सक्छ । यदि कुनै पनि कारणले रोक्नु परेमा सडक भन्दा बाहिर रोक्नुहोस् र पार्किङ र हजार्ड लाइटको प्रयोग गर्नुहोस् ।

४.आफ्नो ट्रयाकको फलो गर्नुहोस्
बाक्लो कुहिरोमा गाडी चलाउँदा आफ्नो ट्रयाक नछोड्नुहोस् । जसका कारणपछि आउने सवारीलाई समेत सहज हुन्छ ।

५.फग लाइटले मिल्नेछ मद्दत 

जाडो आउने बेलामा गाडीको फग लाइट चेक गर्नुहोस् । जाडोमा फग लाइट अन गर्दा सडक दुर्घटना कम हुन्छ । कहिले पनि हेड बन्द गरेर सिर्फ फग लाइट नबाल्नुहोस्, किनकी टाढाबाट आउने व्यक्तिले फग लाइट देख्न सक्दैन । हेडलाइट देखेर तपाईंको गाडी उसले चिन्न सकोस् ।

६.पहेँलो लाइटको फलो गर्नुहोस्
सेफ ड्राइभिङका लागि सडकमा पहेँलो लाइट लगाइन्छ । कुहिरोमा गाडी चलाउँदा यी लाइटलाई फलो गरेर चलाउनुहोस् ।

७. पानी, खानेकुरा र कम्बल साथमा राख्नुहोस्
लामो यात्रामा जानु अघि आफूसँग पानी, खानेकुरा र कम्बल साथमा राख्नुहोस् । जाम हुँदा वा कारमा समस्या हुँदा यी सामान काम लाग्न सक्छन् ।

७.हजार्ड लाइट अन गरेर सवारी नचलाउनुहोस्
हजार्ड लाइटको प्रयोग गरेर सवारी नचलाउनुहोस् । यसका कारण पछिबाट आउने सवारीलाई आफ्नो स्थिति पत्ता लगाउन सक्दैनन् । लेन बदल्दा वा मोड्दा समस्या हुन सक्छ । यो लाइटको प्रयोग कार रोकेको बेला मात्रै गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?