काठमाडौं । नारायनलाल मोक्तानले पाँचौ आइकेओ माचुसिमा क्योकुशिन कराँते विश्वकपमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका छन् ।
आगामी १७ देखि १८ नोभेम्बरमा चीनको संघाई शहरमा हुने विश्वकपमा नारायनलालले पुरुष ५५ केजीमुनि प्रतिस्पर्धा गर्ने नेपाल माचुसिमा क्योकुशिन कराँते संघका ब्रान्च चिफ राजकुमार गुरुङले जानकारी दिए ।
विश्वकपमा नारायनलालको प्रशिक्षणको जिम्मेवारी सुमन गजुरेलले सम्हाल्ने भएका छन् । उक्त विश्वकपमा कुल ४० राष्ट्रले प्रतिस्पर्धा गर्ने ब्रान्च चिफ राजकुमारले जानकारी दिए ।
सोही विश्वकपमा नेपालका सुनील आचार्य र सन्तोस बुढाथोकीले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । विश्वकपमा सहभागी हुन नेपाली टोली बुधबार चीनतर्फ प्रस्थान गर्दैछन् ।
लामो समयदेखि तयारी गरेकाले विश्वकपमा देशका लागि पदकको आशा गरिएको माचुसिमा क्योकुशिन कराँतेका नेपाल प्रमुख राजकुमारले विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया