दुर्इ हप्तामै बैंकमा ३४ अर्ब रूपैयाँ जम्मा

काठमाडाैं : दशैंपछिको दुर्इ साताभित्र नेपालको बैंकिङ प्रणालीमा ३४ अर्ब रूपैयाँ जम्मा भएको छ । अत्याधिक कर्जाको माग हुने, तर अावश्यकताअनुसार निक्षेप जम्मा नहुँदा अधिकांश बैंकहरू कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) नजिक पुगिसकेका थिए । 

३४ अर्ब १४ करोड रूपैयाँ निक्षेप संकलन भएपनि बैंकहरूले कर्जा विस्तारमा संयमता अपनाएको देखिएको छ । यो बीचमा कर्जातर्फ भने जम्माजम्मी १४ अर्ब ३५ करोड रूपैयाँ मात्र बैंकहरूबाट प्रवाह भएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार कार्तिकको मध्यसम्ममा कूल निक्षेप २५ खर्ब ६५ अर्ब रूपैयाँ पुगेको छ । यसैगरि यो अवधिमा बैंकहरूले २२ अर्ब ७१ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । दशैंपछि मात्रै बैंकहरूमाा ३४ अर्ब १४ करोड रूपैयाँ निक्षेप थपिएको हो । 

चालु अार्थिक बर्ष शुरू भएयता बैंकहरूमा निक्षेप संकलन कमजोर भएको थियो भने कर्जाको माग अत्याधिक बढेको थियो । यही समस्याका कारण कतिपय बैंकहरूले यो बीचमा कर्जा विस्तार नै रोकेका थिए । यसैकारण यो ५ महिनामा निक्षेप संकलन ३.७८% ले बढ्दा कर्जा परिचालन चाहिँ दोब्बर बढी अर्थात ७.७०% पुगेको छ । 

निजी क्षेत्रका बैंकहरूमा निक्षेप संकलन बढेपनि सरकारी बैंकहरूमा भने यो दर घटेको छ । साढे तीन महिनामाा सरकारी बैंकहरूमा २.२८% ले निक्षेप घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?