नसुध्रने दललाई जनताको चड्कन, काँध नथाप्ने राम राम मात्र भन्ने संकेत

राजन कुईंकेल
35
Shares
lsdfyfÍf, $ dlª;/ M nfda4 dtbftf ;Î’jf;efsf] vfFbaf/L gu/kflnsf–#, dx]G› dfWolds ljBfno dfg]e~ofª dtbfg s]Gb|df dtbfg ug{ cfPsf dtbftf . tl:a/ M eljg sfsL{

आइतवार सम्पन्न निर्वाचनको मतगणनाका अत्यन्तै प्रारम्भिक रुझान देखिन थालेको छ । जसमा तीन महिना अगाडी दर्ता भएर राजनीतिको मैदानमा ओर्लिएका सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभर मुख्य भनिएका राजनीतिक दललाई टक्कर दिएकाे छ। रास्वपाले उम्मेदवार उठाएका क्षेत्रमा प्रत्यक्ष मात्र होइन समानुपातिकमा पनि उत्तिकै ठूला दलहरुको मत काट्ने देखिएको छ ।

जसले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र जस्ता पार्टीले समानुपातिक मतका बलमा कायम गर्ने बर्चस्व तोड्ने देखाउँदैछ । चितवन क्षेत्र नम्बर २ मा लामिछानेले चुनाव जित्ने प्रक्षेपणहरु आइरहँदा अरु क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरु प्रतिष्पर्धामा देखिएका छन् । र, उनीहरुले पाएको मत पनि कांग्रेस, एमाले र माओवादीका परम्परागत मतदाताबाट खोसेको देखिएको छ । जसले राष्ट्रिय रुपमै यी तीन पार्टीलाई धक्का लाग्ने देखिन्छ । काठमाडाैं मै कडा टक्कर दिएकाे छ ।

मतदाताले यस पटक पुराना दल छाडेर रास्वपालाई अँगाल्नुमा तिनले वर्षौदेखि देखाउँदै आएको रवैया र मतदातालाई ‘टेक फर ग्रान्टेड’ अर्थात् आफ्नो मुठ्ठीको वस्तुका रुपमा लिनुको परिणाम भएको देखिँदैछ । नेतृत्वलाई सुध्रन मतदाताले मतमार्फत् र त्यहीभित्र सुधार चाहने तल्ला पुस्ताको नेताले बारम्बार गरेको आग्रहलाई नजरअन्दाज गर्दाको परिणाम अहिलेको मतदानमा मतदाताले समानुपातिकमा पनि मत कटाएर देखाइदिएका छन् ।

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेतृत्वले जथाभावी र पैसामै टिकट बितरण गर्दा आफ्ना पकड भनिएका क्षेत्रहरु पनि गुमाउनु परेको थियो । जसको ज्वलन्त उदाहरणका रुपमा काठमाडौं महानगरपालिकालाई लिन सकिन्छ । कसैले पनि गणनामा मै नलिएको बालेन शाहले सबैलाई चक्मा दिने गरी जितेर देखाइदिए । कांग्रेसको घरेलु उम्मेदवार सिर्जना सिंह तथा एमालेका हेभिवेट प्रचार गरिएका केशव स्थापितलाई चर्चामै नरहेका बालेनले बल्ड्याङ ख्वाइदिए ।

मतदाताले यस पटक पुराना दल छाडेर रास्वपालाई अँगाल्नुमा तिनले वर्षौदेखि देखाउँदै आएको रवैया र मतदातालाई ‘टेक फर ग्रान्टेड’ अर्थात् आफ्नो मुठ्ठीको वस्तुका रुपमा लिनुको परिणाम भएको देखिँदैछ । नेतृत्वलाई सुध्रन मतदाताले मतमार्फत् र त्यहीभित्र सुधार चाहने तल्ला पुस्ताको नेताले बारम्बार गरेको आग्रहलाई नजरअन्दाज गर्दाको परिणाम अहिलेको मतदानमा मतदाताले समानुपातिकमा पनि मत कटाएर देखाइदिएका छन् ।

अर्कातिर धरान उपमहानगरपालिकामा स्वतन्त्र हर्क राईलाई जिताएर दलको रवैयाबाट वाक्क भएका जनताले आफ्नो शक्ति देखाइदिए । धनगढी उपमहानगरका गोपाल हमालले आफ्नो राजनीतिक संलग्ना त्यागेरै स्वतन्त्रबाट उम्मेदवार बनेर मतदाताको मत आकर्षित गरेका थिए । उता, जनकपुर उपमहानगरमा मनोज साह पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र उठेरै मतदाताको विश्वास लिएका थिए । उनीहरु सबैले दलका नेताहरुको रवैयालाई मुख्य मुद्दा बनाएर जनतामा लगे र मतदाताले अनुमोदन गरिदिए ।

स्थानीय तहको यस निर्वाचनमा मूलतः उम्मेदवारहरुले उठाएका युवाको सरोकार, भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक क्षेत्रमा उनीहरुले गरेका काम र लगाव जस्ता विषयले मतदातालाई आकर्षित गर्दा दलका नेताको शैली, टिकट वितरणमा देखाएको एकाधिकार र हुकमी शैलीले थप मसला थपेको थियो । तीसौं वर्षदेखि दलहरुको दबदबा रहेका बेला पनि यस पटकको स्थानीय तह निर्वाचनमा ३८५ उम्मेदवारले स्वतन्त्र हैसियतमा देशैभर आफ्नो उपस्थिति देखाएका थिए ।

स्थानीय तहमा दलको झण्डा नबोकेरै पनि स्वतन्त्र उम्मेदवारहरुले देशभर उपस्थिति देखाएपछि दलका नेताहरुलाई सुध्रन दबाब परेको थियो । तर उनीहरुले सुधारको मौकालाई अन्देखा गरे र संघ र प्रदेशको निर्वाचनमा मूल नेतृत्वको मनोपोली अर्थात् एकाधिकारवाद देखाए । परिणाम तीन महिना दर्ता गरिएका रास्वपाले दलका मुखियाहरुको हैसियत देखाइदियो ।

सभापति शेरबहादुर देउवाले उल्टै मैले चुनाव हारेको छु र ? जो जो हारे उसैले आफ्नो जिम्मा आफैले लिनुपर्छ, आफ्नो निर्णय र व्यवहारले भन्दा पनि कम्युनिष्ट एकताका कारण कांग्रेसले पराजय भोग्न परेको जस्ता तर्क गर्दै उत्तरदायित्व बहन गरेनन् । बरु त्यही मौकामा पद त्यागका लागि दबाब बढाइरहेका युवाबीचमै विभाजन ल्याउन पद बाँडफाँड गरिदिएर यो अभियानलाई नै तुहाइदिए ।

तर, नेपाली राजनीतिमा आफ्ना निर्णय जनताले नरुचाएपछि त्यसको जिम्मेवारी लिन कोही तयार हुन्न , बरु अरुतिर औलान तेर्साएर उम्कने प्रवृत्ति छ । पाँच वर्षअघि २०७४ सालको आमनिर्वाचनमा १६५ मध्ये २३ सिटमा खुम्चिएको कांग्रेस नेतृत्वलाई जिम्मेवारी बहन गर्दै नेतृत्वबाट बाहिरन पार्टीभित्र युवाहरुले बढाएको दबाबको कुनै मूल्य रहेन ।

सभापति शेरबहादुर देउवाले उल्टै मैले चुनाव हारेको छु र ? जो जो हारे उसैले आफ्नो जिम्मा आफैले लिनुपर्छ, आफ्नो निर्णय र व्यवहारले भन्दा पनि कम्युनिष्ट एकताका कारण कांग्रेसले पराजय भोग्न परेको जस्ता तर्क गर्दै उत्तरदायित्व बहन गरेनन् । बरु त्यही मौकामा पद त्यागका लागि दबाब बढाइरहेका युवाबीचमै विभाजन ल्याउन पद बाँडफाँड गरिदिएर यो अभियानलाई नै तुहाइदिए ।

एमालेमा त झन् आफ्नो नेतृत्व रहँदा एकीकृत नेकपा विभाजितसम्म हुने परिस्थितिका लागि अध्यक्ष केपी ओलीले सामान्य आत्मालोचनासम्म गर्न परेको छैन । उल्टै समकालीन माधव नेपाललगायतले पार्टी परित्याग गर्नुपर्ने परिस्थिति निर्माण हुँदा पनि ओलीले आफ्ना पनि कमजोरीका कारण रहँदा खाँदाको दुई तिहाईको सरकारबाट बाहिरिनु परेको आत्मानुभूति गरेका छैनन् । बरु देवत्वकरण गरेर ओलीको प्रशंसा गर्ने झूण्डका कारण पछिल्ला दिनमा त उनका निर्णय अस्वीकार गर्नेहरुलाई पार्टीभित्र स्थान नै दिइन्न । या घोक्रेठ्याक लाग्न बाध्य पारिन्छ । जसको पछिल्लो उदाहरण घनश्याम भूषाल र भीम रावल छन् ।

टिकट वितरण गर्दा पार्टीमा को लोकप्रिय छ, कसले कति योगदान गरेको छ, जनताले कसलाई रुचाउँछन् भन्नेभन्दा आफू र आफ्नालाई कसले प्रदक्षिणा गर्दछ, आफ्नो इमान्दार गुलाम को छ ? कसले धनको बोरा टक्र्याउँछ जस्ता विषयलाई नेतृत्वले मानक बनाएपछि परिणाम यस्तो आउनु त थियो नै ।

माओवादी केन्द्रको त के कुरा गर्नु र ? प्रचण्ड नै पार्टी, प्रचण्ड नै सर्वाधिकारयुक्त नेता । त्यहाँ उनको चरणारबिन्द नगरी कसैले कुनै हैसियत नै रहन्न । अरु क्षेत्रीय पार्टीले मुलुकको नेतृत्व लिएर जनताले चाहेको शासन व्यवस्था दिन्छन् भन्ने त कसले आशा गरेको छ र ?

टिकट वितरण गर्दा पार्टीमा को लोकप्रिय छ, कसले कति योगदान गरेको छ, जनताले कसलाई रुचाउँछन् भन्नेभन्दा आफू र आफ्नालाई कसले प्रदक्षिणा गर्दछ, आफ्नो इमान्दार गुलाम को छ ? कसले धनको बोरा टक्र्याउँछ जस्ता विषयलाई नेतृत्वले मानक बनाएपछि परिणाम यस्तो आउनु त थियो नै ।

कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन पनि दल, कार्यकर्ता र देशको आवश्यकता भन्दा ती दलको नेतृत्व गरेर बसेको सीमित केही नेता सुरक्षित रुपले जित्नका लागि थियो । त्यसले अब जनता जाग्नै पर्दछ । जति दण्ड दिँदा पनि नचेत्ने नेतालाई जनता जनार्दन हुन् भन्ने आभाष यसैगरी दिनै पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?