अाजदेखि मध्यभोटेकोशीको १ करोड ४४ लाख कित्ता अार्इपीअो खुल्यो

काठमाडौं : सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविधुत आयोजनाले अाजदेखि प्राथमिक शेयर (आर्इपीओ) खुलाएको छ । कम्पनीले पहिलो चरणमा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी र सञ्चयकर्ता एवं संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लाग १ करोड ४४ लाख कित्ता आर्इपीओ बेच्न लागेको हो । 

सञ्चयकर्ताहरूले कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म भोटेकोशीको आर्इपीओमा आवेदन दिन सक्नेछन् । तर, २०६८ मंसिर २२ गतेभित्र कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता बनिसकेको र २०७५ आसोज २९ गतेभित्र कायम रहेकाले मात्र यो आर्इपीओमा आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । संस्थापक शेयरधनी र ऋणदाता संस्थाका कर्मचारीले भने मंसिर १८ देखि २६ गतेसम्म आवेदन दिन पाउने छन् । 

सञ्चयकर्ता र शेयरधनी  संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउने छन् । यस्तै, सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाउने कम्पनीले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । 

लगानीकर्ताले अनिवार्य रूपमा सी(आस्वा दिने बैंक तथा वित्तीय संस्थाबाट मात्र भोटेकोशीको शेयर भर्न सक्नेछन् । यस्तै, शेयर भर्दा कर्मचारी परिचयपत्र र सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ । साथै, आवेदकको सीआरएन र डिम्याट खाता पनि अनिवार्य गरिएको छ । 

दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयबासीका लागि ६० करोड रूपैयाँको आर्इपीओ जारी गर्नेछ । त्यसपछि मात्रै तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रूपैयाँको आर्इपीओ खुला गर्ने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?