काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो ३ महिनामा बाणिज्य बैंकहरूले अाकर्षक नाफा कमाएका छन् । राष्ट्र बैंकले तोकेबमोजिम चुक्तापूँजी पु-याएका यी बैंकहरूले तीन महिनामा गरेको नाफाका कारण प्रतिफल बढाउन बैंकहरू सक्षम देखिएका छन् ।
क्रं.सं. | बैंक | खुद नाफा (रू.हजारमा) | वितरणयोग्य नाफा (रू.हजारमा) | प्रतिशेयर अाम्दानी (रूपैयाँमा) | बेस रेट (%) | ||||
चालु अाव | गत अाव | चालु अाव | गत अाव | चालु अाव | गत अाव | चालु अाव | गत अाव | ||
१ | ग्लोबल अार्इएमर्इ | ५३५,८४५ | ३९२,९६३ | ५१७,६८३ | ३३९,६४८ | २४.११ | १९.४५ | १०.५९ | १०.५४ |
२ | स्ट्यान्डर्ड चार्टर्ड | ६३४,१३३ | ५००,२०७ | ५८४,५३४ | ४७१,२०० | ३१.६६ | ४९.९५ | ८.१४ | ६.४७ |
३ | कृषि विकास | ६३३,१२४ | ३६३,९७२ | ३९५,९१० | ३६३,९७२ | २७.३५ | १५.९४ | १२.३२ | ११.२७ |
४ | सिटिजन्स | ४३१,३०४ | ३१९,०९७ | ३४३,५०० | ३१९,०९७ | २१.२६ | १५.९० | ११.४७ | १०.७२ |
५ | सिद्धार्थ | ५२५,०७५ | ३६६,९१८ | ३११,५८९ | १३०,७३८ | २४.८१ | २३.०७ | १०.६२ | १०.२८ |
६ | प्रभु | ५९८,४३८ | ३४८,७९९ | ६४३,१४१ | २५०,७३९ | २९.०७ | २३.७२ | ९.४९ | ९.८० |
७ | माछापुच्छ्रे | ३७१,६९२ | २५०,३९१ | ३८६,९३४ | २८०,९५९ | १८.४६ | १४.३५ | ११.२१ | १०.४८ |
पूँजी बृद्धिपछि बैंकले लगानी र प्रतिफल बढाउने चुनाैती खेपिरहेका थिए । पछिल्लो ३ महिनाको वित्तीय विवरण विश्लेषण गर्दा बैंकहरूले यी दुबै पक्षमा उल्लेखनीय सुधार गरेको देखिएको छ । हालसम्म वित्तीय वितरण सार्वजनिक गरेका विभिन्न ७ वटा बाणिज्य बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्डको बाहेक अन्य बैंकको प्रतिशेयर अाम्दानी समेत बढेको छ ।
वितरणयोग्य नाफामा सुधार हुँदा प्रतिफल र लाभांश दिनसक्ने बैंकहरूको क्षमता बलियो बन्छ । बैंकहरूले पछिल्लो पटक घोषणा गरेको लाभांशका कारण बोनस शेयरको प्रतिक्षामा रहेका लगानीकर्ताहरू केही निराश देखिएपनि पूँजी बृद्धि र लाभांशको सम्बन्धलार्इ हेर्दा यो उययुक्त रहेको पूँजीबजारका विश्लेषकहरू बताउँछन् ।
बैंकहरूको बेसरेट बढ्दा कर्जाको ब्याजदर भनेउ घट्न सकेको छैन । तरलता अभावका कारण कर्जा नै नपार्इने र पाए पनि चर्को ब्याजदर तिर्नुपर्ने कारण शेयरबजार लगायतका क्षेत्रको व्यवसायिक गतिविधी अपेक्षा गरेअनुसार गतिशील हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया