सरकारले ६ अर्ब ७१ करोडका बिलासी गाडी किन्ने

काठमाडाैं : दुर्इ तिहार्इ बहुमतप्राप्त के.पी. अोली नेतृत्वको सरकारले ६ अर्ब ७१ करोड ३४ लाख रूपैयाँ खर्च गरि बिलासी र महंगा गाडी खरिद गर्न लागेको छ । 

हाल सरकारसँग महंगा गाडीहरू रहेपनि ति गाडीलार्इ थन्क्यार्इ नयाँ गाडी किन्ने चक्करमा सरकारले बजेट समेत सतप्रतिशत रकमान्तर गरेको छ । ३ अर्ब ५ करोड ४७ लाख रूपैयाा बराबर रकम सवारीसाधन खरिदका लागि छुट्याएको सरकारले यसको अाकार ६ अर्ब ७१ करोड रूपैयाँ पु-याएको अर्थका अधिकारीहरूले जानकारी दिएका छन् । 

संसद सचिवालयलार्इ नै १७ करोड रूपैयाँ बराबरका बिलासी गाडी

(राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका लागि मात्रै १ करोड ७५ लाख रूपैयाँको,राष्ट्रियसभाका उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि १ करोड २५ लाख रूपैयाँको, संघीय संसद मातहतका १६ सभापतिका लागि ७२ लाख रूपैयाँको, थप ३० वटा मोटरसार्इकल)

सरकारले हरेक बर्ष सवारीसाधन खरिदका लागि अर्बाैं बजेट छुट्याउने गरेको छ । सञ्चालनमा रहेका र ल्याउन सकिने पर्याप्त सवारीसाधन हुँदाहुँदै गाडी अायातकर्ता र सरकारी अधिकारीहरूको मिलेमतोमा बर्षेनी नयाँ गाडी खरिद हुने गरेको छ । 

हाल सरकारसँग देशभर ३ लाख ५० हजार वटा सवारीसाधन छन् । अार्थिक बर्ष २०७३/७४ मा मात्रै सरकारले ६ हजार ७७ वटा सवारी साधन दर्ता गराएको थियो । तर सरकारले दर्ता भएका सवारीसाधनको हालसम्म लगतकट्टा गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?