भैरहवा विशेष अार्थिक क्षेत्र (सेज) मा १८ उद्योग स्थापना गरिँदै

काठमाडाैं : भैरहवास्थित विशेष अार्थिक क्षेत्र (सेज) भित्र १८ वटा उद्योग स्थापना गर्न लागिएको छ । हालसम्म १८ वटा उद्योगका लागि व्यवसायीहरूले भूवहाल सम्झाैता गरेका सेज प्रमसख चन्डीकाप्रसाद भट्टले जानकारी दिए । 

भैरहवा सेजमा स्थापना हुने उद्योगका लागि नेपाल विधुत प्राधिकरणले अावश्यक विधुत उपलब्ध गराउने कामलार्इ अघि बढाएको छ । सरकारले सेज सञ्चालनको अनुमति दिएसँगै यो क्षेत्रमा अाैद्योगिक चहलपहल समेत बढेको छ । 

वि.सं. २०५८ सालमा सरकारले भैरहवामा अाैद्योगिक क्षेत्र विस्तारको निर्णय गरेको थियो । सोही अाैद्योगिक क्षेत्रलार्इ सरकारले विशेष अार्थिक क्षेत्रको रूपमा  विकास गर्न गृहकार्य गरिरहेको छ । 

सेजमा खुल्ने उधोग सञ्चालनका लागि २५ मेगावाट विधुत अावश्यक पर्ने देखिएको छ । प्राधिकरणले हाल अापतकालिन व्यवस्थामार्फत यो सेजमा विधुत उपलब्ध गराउँदै अाएको छ । सेजमा नियमित विधुत उपलब्ध गराउनेगरि प्राधिकरणले रूपन्देहीको धकधहीमा सवस्टेशन निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?