टाउको दुखाइ बनेको ‘फेक न्यूज’ : यसरी चिन्नुहोस् झुटा समाचार

सामाजिक सञ्जालमा महिलाहरुले शारीरिक दुव्र्यवहारका विरुद्ध चलाएको #मिटू अभियान सेलाउन नपाइ बिबिसीले एउटा नयाँ अभियान शुरु गरेको छ । #बियोन्ड फेक न्यूज(#Beyondfakenews)। 

यो अभियान कैयौं निर्दोशको घाँटी निमोठ्ने ‘डिजिटल महामारी’को विरुद्ध हो ।

सामाजिक सञ्जालमा फैलिएको अफवाहले वर्षौं नै कतिको ज्यान लग्छ भने कत्तिलाई मानसिक रुपमा बिथोलिदिन्छ । सामान्य भन्दा सामान्य झुटा खबरले पनि भयानक परिणाम ल्याउने भएकाले बिबिसीले विश्वव्यापी रुपमा ‘फेक खबर’बाट टाढा रहने सन्देशका साथ यो अभियान शुरु गरेको हो । 
***
‘यो म्यासेज २५ जनालाई फर्वाड गरेमा तपाईंको परीक्षा राम्रो हुन्छ÷मनोकामना पूरा हुन्छ । देखेर पनि वास्ता गर्नुभएन भने परीक्षामा फेल हुनुहुन्छ÷३ दिनभित्रमा तपाईंको जीवनमा अनर्थ घटना घट्छ ।’ जस्ता बेतुकका म्यासेज बेलाबेला हाम्रो सामाजिक सञ्जालमा ओइरो लागि रहन्छन् । यस्तै अफवाहलाई भनिन्छ ‘फेक न्युज’ । 

परीक्षा आउन लागेका विद्यार्थीहरु रिस्क लिन नचाहेर आफ्ना २५ जना साथीलाई सो म्यासेज फर्वाड गरिदिन्छन् । ती २५ बाट फेरि अरु २५ गर्दै यो म्यासेज विस्तारै कैयौं २५ जनाकोमा पुग्छ ।

यसलाई ‘शेयर’ नगर्नेहरुको मनमा भने परीक्षाको नतिजा नआउन्जेल डरले डेरा जमाइरहन्छ । त्यस्तै, ३ दिनभित्र दुर्भाग्यवश कुनै घटना भइहाल्यो भने उक्त म्यासेज शेयर नगर्नुलाई नै कारण सम्झेर उनीहरु ‘थक्क’ भइरहन्छन् । 

यो भयो ‘फेक न्युज’को सामान्य स्वरुप । 

यता, मान्छेको मृत्युदेखि हवाइजहाज दुर्घटना जस्ता भयानक विषयमा पनि सहजै ‘फेक न्युज’ बनाइन्छन् । फैलाइन्छन् । 

खबर यति फैलियो कि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले समेत घिमिरेको मृतआत्माप्रति ‘हार्दिक श्रद्धाञ्जली’ लेख्न भ्याए । आफ्नो ओछ्यानमा आनन्दले निदाइरहेका घिमिरेले आफ्नो मृत्युको ‘फेक’ खबर भोलिपल्ट बिहान मात्र थाहा पाए । 

रोगको बहाना बनाएर पैसा सङ्कलन गर्ने, गैर आधिकारिक, झुटा खबर मार्फत् समाजमा विभिन्न धर्म, जात, सम्प्रदायलाई भँजाउने जस्ता कुप्रथालाई उक्साउने आदि ‘फेक न्युज’का भयानक स्वरुप हुन् । 

२०७४ साल जेठ १५ गते आइतवार राति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको खबर सामाजिक सञ्जालमा केही मिनेटमा भाइरल हुनु यसको चोटिलो उदाहरण हो ।

खबर यति फैलियो कि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले समेत घिमिरेको मृतआत्माप्रति ‘हार्दिक श्रद्धाञ्जली’ लेख्न भ्याए । आफ्नो ओछ्यानमा आनन्दले निदाइरहेका घिमिरेले आफ्नो मृत्युको ‘फेक’ खबर भोलिपल्ट बिहान मात्र थाहा पाए । 

राज्यका सम्मानित ओहोदामा आसीन व्यक्तित्त्वहरुका बारेमा यस्ता ‘झुटा’ समाचार फैलिनु नौलो कुरा रहेन आजभोलि । हालै मात्र प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पतालमा भर्ना हुँदा उनको मृत्युको झुटो खबर सर्वत्र फैलियो ।

कहिले ‘पब्लिसिटी’का लागि ‘अनुजा बानियाँ’ जस्ता व्यक्तिले गाडीमा भेट्टाएको ९१ लाख रुपैयाँ र हीराको हार सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिएको ‘फेक न्युज’ फैलाएर राष्ट्रपति समेत विश्वास गर्न बाध्य भए ।

कहिले प्रचारप्रसारकालागि ‘यमाहा’ ले आफ्नो सवारी साधन ‘पानी’ले पनि चल्ने तर, अरु कम्पनीका सवारी साधन ‘तेल’ले समेत नचल्ने जस्ता हावादारी खबर ‘नागरिक दैनिक’ जस्तो प्रतिष्ठित पत्रिकामै छपाएर विवादमा मुछिन पुग्यो । यस्ता बग्रेल्ती उदाहरण हाम्रो समाजमा छ्याप्छ्याप्ती भेटिन्छन् । 
***
अफवाह फैलाउने विषयमा हाम्रो छिमेकी मुलुक भारत पनि निकै अघि देखिन्छ ।

बिबिसीको एक अनुसन्धानका अनुसार इन्टरनेटमा फैलिएको अफवाहकै कारण भारतमा सन् २०१८ मा मात्रै २९ जनाले ज्यान गुमाए । त्यही २९ जनामा निलोत्पाल र उनका साथी अभिजित पनि पर्छन् । ‘ह्वाट्स एप’मा सनसनीपूर्ण फैलिएको अफवाहकै कारण सन् २०१८ जुन ८ मा उनीहरुको मृत्यु भयो ।

केही समयदेखि त्यहाँ, दन्तेकथामा सीमित ‘होपडोरा’को चर्चा रियल लाइफमा पनि हुन थालेको थियो । सामाजिक सञ्जालले फैलाएको यस अफवाहकै कारण रातपरेपछि त्यहाँका महिला तथा बालबालिका ढोका थुनेर बस्थे भने पुरुषहरु सुरक्षा दिन तैनाथ हुन्थे । यही अफवाहले त्रास फैलाएको त्यस गाउँमा पुग्नु नै निलोत्पाल र उनका साथीका लागि मृत्युको कारण बन्न पुग्यो । 

२९ वर्षे निलोत्पाल र उनका साथी अभिजित नाथलाई २ सय÷२ सय ५० जनाको हुलले निर्मम तरिकाले कुटपिट गरेर मा-यो । 

नजिकैको ‘कर्बी आङ्लोङ’ नामक जिल्लामा भर्खरै पत्ता लागेको ‘काङ्थिलाङ्सो’ झरना हेर्न पुगेका उनीहरुलाई देख्नासाथ एक युवक ‘होपडोरा’ भन्दै चिच्याउन थाले । ‘होपडोरा’ अर्थात् त्यस ठाउँमा भनिने दन्तेकथाका पात्र जसले साना बालबालिकालाई अपहरण गर्छ र उनीहरुको आँखा र मृगौला निकालेर मार्छ ।

केही समयदेखि त्यहाँ, दन्तेकथामा सीमित ‘होपडोरा’को चर्चा रियल लाइफमा पनि हुन थालेको थियो । सामाजिक सञ्जालले फैलाएको यस अफवाहकै कारण रातपरेपछि त्यहाँका महिला तथा बालबालिका ढोका थुनेर बस्थे भने पुरुषहरु सुरक्षा दिन तैनाथ हुन्थे । यही अफवाहले त्रास फैलाएको त्यस गाउँमा पुग्नु नै निलोत्पाल र उनका साथीका लागि मृत्युको कारण बन्न पुग्यो । 

उनीहरुलाई कुटपिट गरिएको सो भिडियो केही समयमै सामाजिक सञ्जालमा भाइरल भयो ।

भिडियोमा निलोत्पाल र उनका साथी रगताम्मे अवस्थामा रुँदै आफू निर्दोश भएको दाबी गरिरहेका छन् । उनीहरुले धेरै पटक हात जोडेर आफ्नो ज्यानको भीख समेत मागेका छन् । तर, त्यहाँका सर्वसाधारण यति आक्रोशित थिए कि उनीहरुको रिस शान्त हुन्जेल निलोत्पाल र अभिजितको मृत्यु भइसकेको थियो ।   

युवकका परिवारले पनि सो भिडियो हेरे । हाँस्दै घुम्न गएका छोरालाई कुटपिट गरी हत्या गरेको दृश्यले उनीहरुलाई मर्माहत बनायो । 

तर, हत्यारा को ? ती २ सय जना मान्छे ? कि प्रविधि ? कि प्रविधिको प्रयोग गर्न नजान्ने हामी ? कि प्रविधिको विकास त गर्ने तर यसको प्रयोग कसरी गर्ने भनेर उचित ज्ञान दिन नसक्ने राज्य व्यवस्था ? निरुत्तरित प्रश्न खडा भएको छ ।

प्रविधिको प्रकृति नै ‘प्रगतिशील’ हो । त्यसैले अधिकांश विकट ठाउँमा प्रविधि त पुगेको छ तर, शिक्षा पुगेको छैन । यहाँका मानिसहरुको प्रविधिमा पहुँच भएतापनि त्यसलाई सुरक्षित ढङ्गले प्रयोग गर्ने ज्ञान छैन । यस्ता ‘डिजिटल्ली अशिक्षित’ व्यक्तिहरु इन्टरनेटबाट भाइरल भएका सबै कुरा सजिलै पत्याइदिन्छन् ।

सूचना तथा प्रविधि विशेषज्ञहरु भने यस्तो घटना हुनुमा प्रविधिको कुनै दोष नभएको बताउँछन् ।

प्रविधिको प्रकृति नै ‘प्रगतिशील’ हो । त्यसैले अधिकांश विकट ठाउँमा प्रविधि त पुगेको छ तर, शिक्षा पुगेको छैन । यहाँका मानिसहरुको प्रविधिमा पहुँच भएतापनि त्यसलाई सुरक्षित ढङ्गले प्रयोग गर्ने ज्ञान छैन । यस्ता ‘डिजिटल्ली अशिक्षित’ व्यक्तिहरु इन्टरनेटबाट भाइरल भएका सबै कुरा सजिलै पत्याइदिन्छन् ।

त्यसैले प्रविधि विशेषज्ञहरु भन्छन्, ‘प्रविधि त विकास भइरहन्छ तर, त्यही विकसित प्रविधिलाई सुरक्षित तरिकाले प्रयोग गर्ने ज्ञान चाहिँ सबैमा विकास हुन जरुरी छ ।’

भारतमा अशिक्षित व्यक्ति मात्र नभएर राजनीतिक क्षेत्र वा मनोरञ्जन क्षेत्रका शिक्षित भनौदाहरु पनि ‘अफवाह’ फैलाउनमा माहिर छन् । यहाँ हरेक दिन कुनै न कुनै अफवाहले सामाजिक सञ्जालमा ठाउँ पाइरहेको हुन्छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखि शीर्ष नेताहरु समेत यस्ता क्रियाकलापमा संलग्न भएको कुरा बिबिसीद्वारा गरिएको एक अनुसन्धानले बताउँछ । 

नरेन्द्र मोदीको ट्वीटर अकाउन्टले फलो गर्ने ५६.२ प्रतिशत अकाउन्ट भेरिफाइड छैनन् । यही ५६.२ प्रतिशतमा पर्ने ६१ प्रतिशत अकाउन्ट भाजपाको प्रचारप्रसारमा संलग्न छन् । यी ट्वीटर ह्यान्डलबाट गएिकाका प्राय सबै ट्वीट्सले भाजपालाई उचालेका छन्, भाजपाका क्रियाकलापलाई अतिरञ्जित गर्दै प्रस्तुत गरेका छन् । फेरि यी अकाउन्ट सामान्य पनि छैनन् । औसतमा सबैका २५ देखि २६ हजारमाथि फलोअर्स छन् र, प्रत्येक अकाउन्टबाट करिब ५० हजार ट्वीट्स गरिएको छ ।

त्यस्तै, काङ्ग्रेस अध्यक्ष राहुल गांधीको ट्वीटर अकाउन्टबाट फलो भएका करिब ११ प्रतिशत अकाउन्ट ‘भेरिफाइड’ छैनन् । 
***
फेक न्युजबाट कुनै विशेष ठाउँ वा व्यक्ति मात्र नभएर सारा विश्व नै प्रभावित छ ।

सन् २०१२ मा प्रलय आउँछ । पृथ्वी ध्वस्त हुन्छ भन्ने खबरले कैयौं मान्छेलाई ‘डिप्रेसन’को शिकार बनायो । आफूमात्र नभएर सारा संसार नै तहसनहस हुने सोचले मात्रै पनि धेरैको माथिङ्गलमा उथलपुथल ल्याइदियो । २०१२ सालको ३६५ दिन नै धेरैजनाले ‘आज मर्छु, अहिले मर्छु’ भन्ने भयमा बिताए भन्दा पनि फरक नपर्ला ।

यस्ता फेक खबरले मानिसको मस्तिष्कमा नकारात्मक तरङ्ग पैदा गरिदिन्छ । धेरैजसोले पत्याइहाल्छन् । नपत्याउनेहरु पनि ‘पत्याउँ÷नपत्याउँ’ को टसलमा अलमलिरहन्छन् । एककिसिमले हेर्ने हो भने मान्छेको मस्तिष्कलाई नियन्त्रणमा लिएर समाजमा नकारात्मक क्रियाकलापलाई प्रोत्साहन गर्न चाहनेहरुका लागि यो सबैभन्दा सरल र उपयुक्त उपाय बनेको छ । 

कसरी चिन्ने ‘फेक’ समाचार ?

कहिले आफ्नै नाम चम्काउन त कहिले आफ्ना विरोधीको नाम बिगार्न, कहिले दङ्गा, फसाद उक्साउन त कहिले निहीत स्वार्थका लागि मानिसको दिमागमा भ्रम पैदा गर्न फेक न्युजहरु फैलाइन्छन् । 

फेक न्युजमा विश्वास गर्नेहरु ठगिने मात्र नभएर कहिलेकाहीँ ठूलै समस्यामा पनि फस्ने गर्छन् । यस्ता घटनाहरु हामीले देख्दै, सुन्दै आएका हौं । फेक न्युज फैलाउनेको उद्देश्य नै प्रयोगकर्ताको मस्तिष्कलाई आफ्नो नियन्त्रणमा राख्नु हो । यता प्रयोगकर्ताले यो काम झन् सजिलो बनाइदिइरहेका छन् । उनीहरुले सुरक्षित तरिकाले इन्टरनेट प्रयोग नगर्नाले त्यस्ता झुटा, अतिरञ्जित खबरहरु परालको आगोसरि फैलिन्छन् ।

त्यसैले, इन्टरनेटलाई फेक न्युज मुक्त बनाउने जिम्मेवारी पनि यसकै प्रयोगकर्ताहरुको हो ।

प्रयोगकर्ताले यसो गर्नुस् : 

शंका गर्ने : 

फेसबुक, मेसेन्जर, ट्वीटर लगायत सामाजिक सञ्जालमा विभिन्न किसिमका म्यासेज वा खबरहरु फवार्ड हुँदै आउँछन् । तीमध्ये थोरै साँचा हुन्छन् । धेरै झुटा ।

सामाजिक सञ्जालको प्रयोग गर्नु भनेको वाइफाइ वा इन्टरनेटको पनि प्रयोग गर्नु हो । त्यसैले कुनै शंकास्पद किसिमका म्यासेज आउनासाथ ‘गुगल’ गरेर भेरिफाइ गर्ने । भरपर्दा राष्ट्रिय वा अन्तर्राष्ट्रिय साइटहरुमा ‘क्रस चेक’ गर्ने । कुनै पनि विश्वसनीय साइटहरुमा यसको बारेमा उल्लेख गरिएको छैन भने त्यो ‘अफवाह’ मात्र हो । 

त्यसैगरी, जसले म्यासेज पठाएको हो त्यो मान्छे वा साइटलाई पनि राम्ररी चेक गर्ने ।  

यूआरएल र स्रोत पत्ता लगाउने

हामीले जुनसुकै खबर पढ्नु अघि त्यसको प्रकाशक को हो भनेर बुझ्न जरुरी छ । यदि कुनै लोकप्रिय वा धेरै वर्षदेखि स्थापित प्रकाशकबाट प्राप्त गरिएको होइन भने त्यस्ता खबर पत्याइहाल्नु हुन्न । 
फेरि यस्ता भरपर्दा साइटहरुले जहिले पनि आफ्ना समाचारमा स्रोत खुलाएका हुन्छन् । स्रोत नै नखुलाइ समाचार लेखिएको छ भने त्यो त्यति विश्वसनीय हुँदैन । 

कहिलेकाहीँ हिज्जे(स्पेलिङ) मा सानो परिवर्तन गरिदिनाले पनि हामी साइट चिन्नबाट चुक्न सक्छौं । त्यसैले साइटको नाम र हिज्जे दुवै ध्यानमा राख्न जरुरी छ । 

प्रकाशन भएको मिति चेक गर्ने

एकपटक वल्र्ड वाइड वेबमा प्रकाशन भइसकेको वा पठाइएको समाचारको मिति परिवर्तन गर्न सकिदैन । त्यसैले, आतंकवाद, लडाइझगडा, आर्थिक विकास जस्ता परिवर्तनशील विषयका सामाग्री प्रकाशन भएको मिति चेक गर्ने । कहिलेकाहीँ धेरै अघिको समाचार ‘बुस्ट’ गरेर पनि अफवाह फैलाइएको हुन्छ ।

साइटको ‘अबाउट’ पेज हेर्ने

हरेक ‘भेरिफाइड’ साइटको एउटा ‘अबाउट’ पेज हुन्छ जहाँ उसका बारेमा महत्त्वपूर्ण जानकारी राखिएको हुन्छ । यस पेजबाट उसलाई कसले सञ्चालन गर्छ, कहिलेदेखि पेज सञ्चालनमा आएको हो लगायत जानकारी प्राप्त गर्न सकिन्छ ।

खबर मजाक हुनसक्छ, रिचेक गर्ने

फेकिङ न्युज, अनियन जस्ता साइटहरु आधिकारिक रुपमै ‘फेक’ न्युज प्रकाशन गर्नलाई स्थापना भएका हुन्छन् । त्यसैले कुनै पनि खबरमा विश्वास गरिहाल्नु अघि त्यसलाई प्रकाशन गर्ने साइटको ‘प्रकृति’ कस्तो हो भनेर बुझ्न जरुरी छ । 

एकातिर फेक न्युजले मान्छेको मानसिकतामा असर पु-याइरहेको हुन्छ अर्कातिर, यसलाई पत्याएर शेयर गर्नेहरुले पनि कानूनी सजायको हिस्सेदार हुनुपरेको धेरै घटना हामीले देख्दै सुन्दै आएका छौं । त्यसैले, यस्ता अफवाहबाट आफै जोगिनुपर्छ । पाठकले नपढिदिएपछि, शेयर नै नगरिदिएपछि यस्ता ‘अफवाह’हरु आफै सेलाउँदै जान्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?