तिहारका बेला कुकुरलाई पूजिने परम्परा अब नेपालमा मात्र सीमित रहेन । यस परम्परालाई मेक्सिकोले पनि अनुसरण गरेको छ ।
मेक्सिकोले यसपालि नेपालसँगै कुकुर तिहार मनायो । शहरभरिका कुकुरहरुलाई एकै ठाउँ भेला पारेर सयपत्री फूल, अबिर लगाइदिएर हर्षोल्लासका साथ कुकुर तिहार मनाइएको भिडियो सामाजिक सञ्जालमा पनि निकै लोकप्रिय बन्यो ।
त्यसो त मेक्सिकोमा सन् २०१६ देखि नै ‘कुकुर तिहार’ पर्वको रुपमा मनाइदै आइएको छ ।
जनावरप्रतिको माया र सम्मान स्वरुप उनीहरुलाई पूज्ने परम्पराबाट प्रभावित भएर मेक्सिकोका पशु अधिकारकर्मीको समूहले उक्त कार्यक्रम विगत २ वर्षदेखि आयोजना गर्दै आएको हो ।
शहरको विशेष ठाउँमा भेला भइ कुकुरलाई फूलमाला, अबिरले पूजेर मीठामीठा खानेकुराहरु खुवाइन्छ । फूलमा पनि विशेष गरेर सयपत्री नै प्रयोग गरिने आयोजकले बताए ।
जनावर र मानवबीचमा वर्षौंदेखि प्रगाढ सम्बन्ध छ । यही सम्बन्धलाई ‘सेलिब्रेट’ गर्न यो पर्वले मद्दत पु¥याएको आयोजकको भनाइ छ । ‘जनावर यसैपनि मान्छेका साथी जस्तै हुन्छन् त्यसमाथि कुकुर त झन् मान्छेको ‘बेस्ट फ्रेन्ड नै मानिन्छ । त्यसैले उनीहरुलाई माया, सम्मान गर्नु हाम्रो कर्तव्य नै हो ।’ आयोजक मार्था डाउले एक विदेशी पत्रिकासँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया